फ्राइडे रिलिज ००० एकैदिन चार चलचित्र

फ्राइडे रिलिज ००० एकैदिन चार चलचित्र

काठमाडौं : विश्वकप फुटबलको ह्याङओभर सकिनै लाग्दा शुक्रबार एकैदिन चारवटा नेपाली चलचित्र रिलिज हुन लागेका छन् । विश्वकप सुरु भएपछि निर्माताले आफ्ना चलचित्र रिलिज गर्न रोकेका थिए । एकसाथ धेरै चलचित्र रिलिज हुँदा कसले धेरै हल पाउने र कसले कस्तो व्यापार गर्ने हो भन्ने चर्चा चलेको छ । मिलन चाम्स निर्देशित बबी, शोभित बस्नेत निर्देशित बाबु कान्छा, राजबहादुर साने निर्देशित वीरांगना र कल्याण अधिकारी निर्देशित यो पागल मन देशव्यापी प्रदर्शनमा आउन लागेका हुन् ।

वास्तविक कथा र पात्रमाथि निर्माण भएको चलचित्र बबी निकै आशातीत चलचित्र हो । भागेर विवाह गरेका उमेश थापा र कविता गुरुङको प्रेमकहानी समेटिएको चलचित्रमा उनीहरूकै संघर्ष समेटिएको छ । सानै उमेरमा अन्तरजातीय विवाह गर्दा उब्जिएका विविध परिस्थितिलाई फिल्म ‘बबी’ मार्फत यी दुई जोडीले दर्शकसामु ल्याउन लागेका हुन् । मिलन चाम्स निर्देशक तथा निर्माता रहेको यस फिल्मको मुख्य भूमिकामा उमेश र कविताको नै अभिनय रहेको छ । तर रियल लाइफको कहानीलाई रिल लाइफसम्म ल्याउने विषय त्यति सजिलो नभएको बताउँछन् उमेश । ललितपुरको गरिब परिवारमा जन्मिएका उमेश थापा १५ वर्षको उमेरमा नै कामको खोजीमा नर्वे गएका थिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उमेशलाई इलेक्ट्रोनिक इन्जिनियरिङ पढ्न परिवारले नेपाल फर्काएपछि उनी २०५४ मा पोखराको लामाचौरमा इन्जिनियरिङ भर्ना भए । पोखरा बसाइँको क्रममा उनको भेट कविता गुरुङसँग भयो । कविता लेखनाथ अर्घौंचोककी धनी परिवारकी छोरी थिइन् । पहिलो भेट रिस र दुश्मनीबाट सुरु भएको यो जोडी पछि प्रेमबन्धनमा बाँधिए ।

प्रेमकथाका साथै पारिवारिक फिल्म भनिएको बबीको छायांकन नर्बे, काठमाडौं र पोखरामा गरिएको हो । फिल्ममा बोलिएका सबै डाइलग असली भएको निर्देशक मिलन चाम्स बताउँछन । उनी भन्छन्, ‘फिल्ममा कहानी मात्र होइन उमेश र कविताको भेट भएको स्थानदेखि थुप्रै ठाउँसमेत हुबहु सुटिङ गरिएको छ ।’ चलचित्रमा कविता र उमेशसहित विजय लामा, रुवी राना, शूरवीर पण्डित, श्याम राईलगायतको अभिनय देख्न सकिनेछ ।

उता अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र वीरांगना’ पनि मैदानमा आएको छ । । यो जोडी एकसाथ पर्दामा देखिन लागेका कारण पनि दर्शकमा अलि बढी नै चासो छ । दुवै सशस्त्र प्रहरीको भूमिकामा छन् ।

अनुप प्रचारमा नहिँड्दा यसको फाइदा अर्का अभिनेता पृथ्वीराज प्रसाईंलाई भएको छ । प्रज्ज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल, धीरेन शाक्यलगायतको अभिनय रहेको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीरांगना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

यो पागल मनमा गौरी मल्ल, विनोद न्यौपाने, ऋचासिंह ठकुरी, राजेश ढुंगाना, एनी कँुवर यस चलचित्रमा मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा विनोद न्यौपानेलाई लभर ब्वाईको रूपमा देखाइएको छ भने नाइँ नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका ऋचासिंह ठकुरी पाँच

वर्षपश्चात् यसै चलचित्रमार्फत पुनआगमन गर्दै छिन् । यस्तै यो चलचित्रमा गौरी मल्ल पनि सशक्त भूमिकामा छिन् । चलचित्रको प्रदर्शनीका लागि आफू निकै उत्साहित रहेको कल्याणको भनाइ छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजु किराँत राईको द्वन्द्वनिर्देशन, दयाराम पाण्डेको गीत रहेको छ । काठमाडौं उपत्यका र मोफसलमा धेरै हल पाउन नसकेको कल्याणको गुनासो छ । यो चलचित्रले काठमाडौं उपत्यकामा सात र मोफसलमा १२ सिनेमा हल पाएको पनि निर्देशक तथा निर्माता कल्याण अधिकारीले जानकारी गराए ।

यस्तै ‘बाबु कान्छा’ लाई सेन्सरबोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सेन्सरबोर्डले दिएको यो सर्टिफिकेटका आधारमा फिल्मलाई बालबालिकादेखि सबै उमेरसमूहका व्यक्तिले हेर्न पाउने भएका छन् । माया प्रेम र रोमान्सका दृश्यलाई कलात्मक ढंगले चलचित्रमा समेटिएको छ । निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ । बाबु कान्छामा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.