दुर्घटनामा दुई युवाको मृत्यु

दुर्घटनामा दुई युवाको मृत्यु

राजविराज :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका ८ स्थित विसनपुर चोकमा भएको दुर्घटनाका घाइते दुई युवाको मृत्यु भएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते सप्तरीको शम्भुनाथ नगरपालिका–२ का २० वर्षीय रोशन चौधरीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो ।  

ना.५ख ४८१७ नम्बरको बसले बा.७०प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार चौधरी र मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका २ का २५ वर्षीय रुपेश चौधरी गम्भीर घाइते भएका थिए । 

मोटरसाइकल चालक रुपेशको बिहीबार नै सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बस र बस चालक झापा बुधबारे ८ का ३४ वर्षीय टिकाप्रसाद धिमाललाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको एसपी मुकेशकुमार सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.