विश्वकपको ‘ह्‍याङ’बीच एकै दिन तीन चलचित्र

विश्वकपको ‘ह्‍याङ’बीच एकै दिन तीन चलचित्र

विश्वकप फुटबलको महासंग्राम क्लाइमेक्समा पुगेसँगै निकै अपेक्षा गरिएका तीन चलचित्र ‘बोबी’, ‘वीराङना’ र ‘बाबु कान्छा’ शुक्रबार एकसाथ रिलिज भएका छन् ।


चलचित्र ‘लिलि बिली’ पछि मिलन चाम्स निर्देशित ‘बोबी’, शिल्पा पोखरेल अभिनित सफल चलचित्र ‘मंगलम’ प्रदर्शन भएपछि दर्शकमाझ आएको ‘वीराङ्गना’ र छोरालाई हिरो बनाएर शोभित बस्नेतले आफ्नै लगानी, लेखन एवम् निर्देशन रहेको चलचित्र ‘बाबु कान्छा’बीचको प्रतिष्पर्धा रोचक हुने निश्चित छ ।


काठमाडौँ: विश्वकप फुटबलको महासंग्राममा सुस्ताएको नेपाली चलचित्रले फुटबलको रौनक क्लाइमेक्समा पुगेसँगै बजार खोज्ने प्रयास गरेको छ । शुक्रबारे संस्कृतिलाई पछ्याउँदै असार २९ गते तीन चलचित्र ‘बोबी’, ‘वीराङ्गना’ र ‘बाबु कान्छा’ एकै साथ रिलिज भएका छन् । यी तीनै अपेक्षा गरिएका राम्रा चलचित्र हुन् । यी सबैको आ–आफ्नै विशेषता र प्रभाव छ ।

दर्शकले मन पराएको चलचित्र ‘लिलि बिली’ पछि मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’ दर्शकमाझ आएको हो । त्यस्तै अर्को सफल चलचित्र ‘मंगलम’ प्रदर्शनपछि शिल्पा पोखरेल अभिनित भएकाले ‘वीरङ्गना’लाई पनि दर्शकले रुचाउने विश्वास गरिएको छ । उता आफ्नै लगानी, लेखन र निर्देशनमा शोभित बस्नेतले निकै मेहनत गरेको चलचित्र ‘बाबु कान्छा’ समेत आक्रमक प्रचारसहित मैदानमा ओर्लिएको छ ।

वास्तविक कथामा वास्तविक पात्रले अभिनय गरेको चलचित्र ‘बोबी’ नर्बे, काठमाडौं र पोखरामा छायांकन गरिएको छ । भागेर अन्तरजातीय प्रेम विवाह गरेका उमेश थापा र कविता गुरुङको प्रेम कथा समेटिएको यस चलचित्रमा बोलिएका संवाद समेत असली भएको निर्देशक मिलन चाम्सको भनाइ छ । 

‘चलचित्रको कथामात्रै होइन उमेश र कविताको भेट भएको र जीवन व्यतित भएका स्थानमै छायांकन गरिएको छ’, उनले भने, ‘उमेश र कविताको वास्तविक कथामा अन्य कलाकार भिज्न नसक्ने सम्भावना भएकाले वास्तविक पात्र लिएको हुँ ।’ 

चलचित्रमा कविता र उमेशसहित विजय लामा, रुवी राना, शूरवीर पण्डित, श्याम राईलगायतले अभिनय गरेका छन् । चलचित्र ‘वीराङ्गना’बाट निकै आशावादी छिन् नायिका शिल्पा पोखरेल । कानुनको रक्षाका लागि एक सशस्त्र प्रहरी महिलाले गर्ने योगदानको कथा उठाइएको चलचित्रमा उनी देशभक्त, लडाकु नारी अर्थात विराङनाकै भूमिकामा देखिएकी छन् । 

राजबहादुर सानेले निर्देशन गरेको यस चलचित्रमा हास्य, एक्सन, रोनाधोना, वीरता सबै समेट्ने प्रयास गरिएको छ । ‘मलाई चलचित्रले दर्शकको मन जित्ने कुरामा विश्वास छ’, निर्देशक सानेले भने, ‘यसपटक दर्शकले चाहेजस्तो मसलेदार चलचित्र हेर्न पाउनुहुनेछ ।’ चलचित्रमा शिल्पाको अपोजिटमा अनुपविक्रम शाहीले अभिनय गरेका छन् ।

चलचित्र ‘बोबी’ र ‘वीरङ्गना’लाई टक्टर दिन मैदानमा ओर्लिएको छ शोभित बस्नेतको लगानी, लेखन तथा निर्देशन रहेको अर्को चलचित्र ‘बाबु कान्छा’ । निर्देशक शोभितले छोरा सलोन बस्नेतलाई यस चलचित्रमा मुख्य भुमिकामा अभिनय गराएका छन् । 

चलचित्र ‘ए मेरो हजुर २’बाट प्रशंसा पाएका सलोनसहित, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिस्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, गीता अधिकारी आदिले चलचित्रमा अभिनय गरेका छन् । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.