प्रमुख आयुक्तले भने: निर्वाचन घोषणाको अधिकार आयोगलाई नै दिनू

प्रमुख आयुक्तले भने: निर्वाचन घोषणाको अधिकार आयोगलाई नै दिनू

दमौली, तनहुँ: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिइनुपर्ने बताएका छन्  जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्ने बताए । 

अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफैँसँग राखेको भन्दै उनले आयोगले खुलेर काम गर्न नपाएको बताए । त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न नपाएको उनले गुनासो गरे । 

आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उनले गगरे । अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको यादवले बताए ।  तीनवटै तहको निर्वाचन सफल बनाउन सबै क्षेत्रबाट सहयोग गरेकोमा उनले धन्यवादसमेत दिए ।। 

आठआना क्षेत्रफलमा निर्माण भएको तीनतले १२ कोठे भूकम्प प्रतिरोधात्मक सो भवन रु एक करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.