सुल्झिएन केन्द्र विवाद

सुल्झिएन केन्द्र विवाद

सिरहा : सिरहाको कर्जन्हा नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवाद सुल्झिन सकेको छैन। केन्द्र विवादकै कारण दोस्रो नगरसभा पनि पाँच दिनका लागि स्थगित भएको छ।

विवाद लम्बिँदै जाँदा दैनिक कामकाज ठप्पप्रायः बनेको छ। असन्तुष्ट पक्षले नगरपालिका कार्यालयमा आगजनीसमेत गरेको छ। बजेट तथा योजना निर्माणका कामसमेत प्रभावित भएको जनाइएको छ।

गाउँपालिका हुँदा केन्द्र बगहा गाउँमा थियो। नगरपालिका बनेपछि मेयर गंगा पासवानले आर्थिक वर्ष ०७४÷७५ सम्मका लागि भाडाको भवनमा कार्यालय सार्ने निर्णय पहिलो कार्यपालिका बैठकबाट गराएका थिए। त्यसपछि स्थानीय बागबहादुर मगर र ओमप्रकाश महतोले उच्च अदालत राजविराजमा साबिककै ठाउँमा केन्द्र हुनुपर्ने भन्दै मुद्दा दर्ता गरेका थिए। अदालतले राजपत्रमा तोकिएकै स्थानमा कार्यालय सञ्चालन गर्न परमादेश जारी गरे पनि पालना नभएपछि उनीहरूले अवहेलना मुद्दा हालेका थिए। भाडाको भवनबाट केही सामग्री सारेर साबिककै ठाउँ बगहामा कार्यालय सञ्चालन भयो। दोस्रो नगरसभा बैठकमा मेयर पासवानले फेरि केन्द्र कर्जन्हास्थित भाडाकै भवनमा सञ्चालन गर्न प्रस्ताव ल्याएपछि विवाद बल्झिएको छ। मेयरको प्रस्तावमा उपमेयरलगायत केही वडाध्यक्षले विरोध जनाएका छन्।

बगहा, कर्जन्हा र बस्तीपुर दुई किलोमिटर दूरीमा यी तीन गाउँ छन्। मेयरको प्रस्ताव कर्जन्हामा केन्द्र राख्नुपर्छ भन्ने छ। पूर्व–पश्चिम राजमार्ग वरिपरिका वडा १ देखि ६ सम्मका अध्यक्षले बस्तीपुर वा बगहा गाउँमै केन्द्र रहनुपर्ने अडान लिएका छन्। साबिकको केन्द्रमा पूरा काम नभइरहेको स्थानीय चन्देश्वर पासवानले बताए।

दोस्रो नगरसभाका लागि १२ दिन चलेको बैठकमा बजेट अनुमोदन र केन्द्र सार्ने प्रस्ताव मेयरले ल्याएपछि सहमति हुन नसकेको वडा ६ का अध्यक्ष जगदीश महतोले बताए। बैठक ३० गतेसम्मका लागि स्थगन भएको उनले सुनाए।

‘हाम्रो असहमति भनेको बगहाको भवनबाट कार्यालय कर्जन्हास्थित भाडाको भवनमा मेयर एक्लै सारेकोमा थियो’, उपमेयर ज्ञानु श्रेष्ठले भनिन्, ‘पछि हामी बाध्य भएर आव ०७४÷७४ सम्म मात्र भाडाको घरमा कार्यालय सञ्चालन गर्ने विषयमा कार्यपालिकाको बैठकमा सहमत भयौं।’

मेयर पासवानका अनुसार केन्द्र सार्ने विषयलाई थाँती राखी चालू आर्थिक वर्षको काम सकाउने सहमति भएको छ। ‘दोस्रो नगरसभा पनि पाँच दिनका लागि स्थगित भएको छ। चालू आवका काम सकाएर त्यस विषयमा थप छलफल हुन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.