विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान, इङ्ल्यान्ड २-० ले पराजित

विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान, इङ्ल्यान्ड २-० ले पराजित

काठमाडौँः यो विश्वकपमा उत्कृष्ट सुरुवात गर्दै सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको बेल्जियमले तेस्रो स्थान पक्का गरेको छ । सेन्ट पिटसवर्ग स्टेडियममा शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियमले तेस्रो स्थानसहित विश्वकपको सुखद अन्त्य गरेको हो । 

सेन्ट पिटस्वर्ग स्टेडियममा भएको खेलमभा बेल्जियमका लागि खेलको ८२ औँ मिनेटमा केभिन डे ब्रुनको पासमा एडिन हाजार्डले गोल गरेपछि बेल्जियमले तेस्रो स्थान पक्का गरेको हो । 

ब्रुन र हाजार्डको उत्कृष्ट तालमेलमा बेल्जिमयले जारी विश्वकपमा तेस्रो स्थान करिब पक्का गरेको हो । यसअघि  खेलको चौथो मिनेटमा नाकेर चाड्लीको पासमा थोमस मुनिएरले गोल गर्दै अग्रता दिलाएका थिए । 

विश्वकपको सेमिफाइलनबाट बाहिरिएका यी दुई टोलीबीचको आजको खेललाई प्रतिष्ठाको लडाइँका रुपमा पनि हेरिएको थियो । यो लडाइँमा बाजी भने बेल्जियमले मारेको हो । यसअघि विश्वकपको समूह चरणको खेलमा बेल्जियमले इङ्ल्यान्डलाई १–० ले हराएको थियो । 

बेल्जियम सेमिफाइलनमा फ्रान्ससँग पराजित भएको थियो भने इङ्ल्यान्डलाई क्रोएसियाले हराउँदै उपाधि होडबाट बाहिर पठाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.