सामूहिक बलात्कारपछि मन्दिरमा लगेर जिउँदै जलाइयो

सामूहिक बलात्कारपछि मन्दिरमा लगेर जिउँदै जलाइयो

काठमाडौं : भारतको उत्तर प्रदेशमा बलात्कारपछि एक महिलाको जलाएर हत्या गरिएको दर्दनाक घटना सार्वजिनक भएको छ। सम्भला जिल्लामा ३५ वर्षीया महिलालाई सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाइएको हो।पाँच व्यक्तिले  उनलाई बलात्कारपछि मन्दिरमा लगेर जलाइएको भारतका मिडियामा समाचार छ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार ती  महिलाले प्रहरीको हेल्पलाइनमा फोन गरी स‌ंभावित घटनाबारे जानकारी गराएकी थिइन्।तर प्रहरीबाट कुनै पनि सहयोग नमिलेको मृतकका श्रीमानको आरोप छ।

मृतकका श्रीमान मजदुर हुन्।राजपुर प्रहरी चौकीका प्रहरी अधिकारीका अनुसार घरमा सुतिरहेकी महिलालाई पाँच व्यक्तिले पालै पालो बलात्कार गरेका थिए।घरमै बलात्कार गरेपछि नजिकैको मन्दिरमा लगेर उनीहरुले महिलालाई जलाएका प्रहरीले जनाएको छ।

बलात्कारपछि महिलाले आफ्ना भाइलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन्।भाइले तुरुन्तै प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।तर प्रहरी आउनु पूर्व नै बलात्कारी फर्किएर महिलालाई घिसारेर बाहिर लगे। घरनजिकै रहेको मन्दिरमा लगि ती महिलालाई जिउँदै जलाए।मृतक महिलाका दुई सन्तान छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.