रुपन्देहीमा ९३१ जनामा डेंगु, नियन्त्रणका लागि लार्भा नष्ट

रुपन्देहीमा ९३१ जनामा डेंगु, नियन्त्रणका लागि लार्भा नष्ट

बुटवल : डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको छ। रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेको झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन्। उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागीता थियो।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताए।

उनले पानी जमेको जुनसुकै ठाउँमा लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताए। तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीनजनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ। 

दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.