सप्तकोसीमा यो वर्षकै उच्च बहाव, स्थानीयबासी त्रसित

सप्तकोसीमा यो वर्षकै उच्च बहाव, स्थानीयबासी त्रसित

धरानः सप्तकोसीमा पानीको बहाव बढेर यो वर्षकै उच्च भएको छ । पूर्वी पहाडी र हिमाली जिल्लामा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च भएको हो । बहाव उच्च भएपछि सप्तकोसी व्यारेजमा खतराको संकेत  रातो बत्ती बालिएको छ । 

शनिवारदेखि मध्यरातिदेखि सप्तकोसीमा पानीको बहाव निरन्तर बढिरहेको छ । शनिवार राति सप्तकोसीमा पानीको बहाव २ लाख २४ हजार ८ सय ७५ पुगेको थियो । आइतवार पानीको बहाव केही घटेर प्रतिसेकेण्ड  २ लाख २२ हजार ६ सय २५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताएका छन् । 

सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मान्न्छि । पानीको बहाव निरन्तर बढिरहे पनि भारतको नियन्त्रणमा रहेको व्यारेजका सबै ढोका खोलिएको छैन । भारतले आइतवार व्यारेजका ५६ मध्ये २८ ढोका खोलेको छ । 

भारतले कोसी व्यारेजका सबै ढोका नखोलेपछि कोसी आसपासका बासिन्दाहरु त्रसित भएका छन् । एकातिर जीर्ण कोसी व्यारेजको मर्मत नभएको अवस्था पानीको बहाव उच्च हुँदासमेत व्यारेजका सबै ढोका नखोलिँदा स्थानीय त्रसित हुनुपरेको कोसीपीडित संर्घष समितिका सचिव बाबुराम कार्कीले बताएका छन् । 

व्यारेजका सबै ढोका नखोलेका कारण बालुवाले सप्तकोसीको सतह अग्लिदै गएकाले जुनसुकै बेला धार परिवर्तन गरी कटान गर्न सक्ने भएकाले स्थानीयमा त्रास उत्पन्न भएको सचिव कार्कीको भनाई छ । 

‘कोसीमा पानीको बहाव बढेको साइरन बजिरहेको हुन्छ । हामी कसरी सुरक्षीत हुने भनेर सोचिरहेका हन्छांै’, स्थानीय दुर्योधधन घिमिरेले भने, ‘भारतले व्यारेजका ढोका थुनेर पानी बग्न नदिएका कारण कोसी आसपासका बासिन्दा सधैँ त्रासमा बस्न बाध्य हुनुपरेको छ ।’

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले भारतले सबै व्यारेजका ढोका बन्द गरी सर्बसाधारणलाई त्रसित बनाउने गरेको बताएका छन् । उनले बर्षातको समयमा व्यारेजका सबै ढोका खोल्न पटक पटक आग्रह गर्दा समेत भारतले अटेर गरेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.