सप्तरीको गाउँमा भेटिएको दुर्लभ निलगाईलार्इ जंगलमा छाडियो

सप्तरीको गाउँमा भेटिएको दुर्लभ निलगाईलार्इ जंगलमा छाडियो

राजविराजः जिल्लाको दक्षिण सिमानाकामा अवस्थित छिन्नमस्ता गाउँपालिकामा आइतबार एउटा निलगाई फेला परेको छ ।

दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई त्यस गाउँमा एक्कासी देखिएको स्थानीय बासिन्दाले बताएका छन् । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित भित्री गाउँमा स्थानीयवासीले लखेटदै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक तेजबहादर जोराले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक जोराको नेतृत्वमा नौ जना नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा लिई संरक्षणका लागि जिल्ला वन कार्यालयमा बुझाइएको छ ।  जोराका अनुसार जंगली निलगाई करिब तीन फिट अग्लो ४५ किलोग्रामको रहेको छ ।    

आफ्नो समूहबाट छुटिएर खोलै–खोला निलगाई दक्षिण सिमानाको लालापट्टी गाउँ पुगेको जिल्ला वन अधिकृत धिरेन्द्रप्रसाद सिंहले बनाए । माथिल्लो चुरे जङ्गलमा चोरी शिकारीजस्ता कार्यले विनाश भएपछि दुर्लभ वन्यजन्तु निलगाई सप्तरीको तल्लो क्षेत्रतिर पुगेको स्थानीयवासी निर्मल यादव बताउँछन् ।

सशस्त्र प्रहरीले बुझाएको निलगाईलाई जिल्ला बन कार्यालयले आइतबार साँझ सप्तरीको उत्तरी क्षेत्र रुपनीस्थित चुरे जंगलमा सुरक्षित छाडिएको जिल्ला वन अधिकृत सिंहले बताए । 

निलगाई नेपाललगायतका एसियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.