सुन तस्करी प्रकरण : दुबईमा गोरेका भाइ समातिए

सुन तस्करी प्रकरण : दुबईमा गोरेका भाइ समातिए

काठमाडौं : तीन हजार आठ सय किलो सुन तस्करीका फरार अभियुक्त भनिएका रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय प्रहरीहरूको संस्था (इन्टरपोल)को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेडकर्नर नोटिस जारी गरेको थियो । रमेश २०७३ पुस २१ मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणका समेत आरोपी हुन् । गत माघमा गायब पारिएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अरोपी भनिएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीका भाइसमेत रहेका रमेश दुबईमा ‘भान्साघर’ नामक रेस्टुरेन्ट खोलेर बस्दै आएका थिए । गोरेले काठमाडौंबाट सुन मगाउँदा रमेशले नै सुनको बन्दोवस्ती गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन पठाउँदै आएको गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समितिले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

सुनमा लगानीसमेत गर्दै आएका रमेशले दुबईदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सेटिङ मिलाउने र विमानस्थलदेखि बाहिरसम्म पु¥याउने सेटिङ भुजुङ गुरुङ र फरार रहेका एमके मामा भनिने मोहनकुमार अग्रवालले गर्दै आएका थिए । सुन तस्करीमा रमेशले दाजु गोरे र अन्य तस्करलाई प्रत्यक्ष सघाउँदै आएको समितिको छानबिनबाट खुलेको छ ।

गृहका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिका सदस्य प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले रमेशलाई दुबई प्रहरीले पक्राउ गरेको जानकारी आफूले पाएको पुष्टि गरे । ‘रमेशलाई इन्टरपोलमार्फत दुबई प्रहरीले समात्यो भन्ने खबर आएको छ । उसलाई काठमाडौं ल्याइसकेपछि धेरै तथ्य खुल्नेछ’, उनले भने । लामाका अनुसार गोरेले बयानमा नखुलाएका विषय रमेशमार्फत खुलाउने प्रयास हुन्छ ।

समितिका अनुसार रमेशले हुन्डीमार्फत रकम संकलन गर्ने र सुन खरिद गरेर नेपाल पठाउँदै आएका थिए । मोरङ उर्लाबारी घर भएर काठमाडौं गौरीघाट बस्ने रमेश लामो समयदेखि दुबईमा बस्दै आएका थिए । रमेशलाई काठमाडौं पठाउन दुबई प्रहरीले थप प्रमाण पुग्ने कागजात मागेको र प्रहरी मुख्यालयले पठाइसकेको स्रोतले जनाएको छ ।

करेन्ट लगाएर यातना दिएपछि सनम शाक्यको मृत्यु भएपछि गारेले दुबईमा रहेका भाइ रमेशलाई समेत जानकारी गराएका थिए । हाल पक्राउ परेका टोकराज मल्ल र मोहन काफ्लेलाई सनम शाक्यको शव आफन्तलाई बुझाएर प्रहरीमा आत्मसमर्पण गर्न रमेशले नै अह्राएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत मोरङमा बुझाएको मिसिलमा सुनमा लगानी गर्नेमध्येका एक रमेश समेत रहेको खुलाइएको छ । अध्यागमन कार्यालयले गत वैशाख ९ गते प्रहरीलाई उपलब्ध गराएको पत्रमा रोहित आचार्य, टेकराज मल्ल ठकुरी, रमेश उप्रेती, मोहन काफ्ले, माधव आचार्य, ओमप्रकाश नेवार, टुकबहादुर मगर, सुरेन्द्र गौतम, रुस्तम भन्ने मोहमद उस्तम मियाँ, कृष्ण बस्नेत, मृतक सनम शाक्य, कमल कार्कीसमेतका व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पटकपटक आउजाउ गरेको उल्लेख थियो ।

‘उनीहरूको आगमन र प्रस्थान विवरण भिडाउँदा अवैध किसिमले सुन चोरीपैठारीका लागि नै प्रस्थान र आगमन गरेको तथ्य खुलेको छ’, समितिका एक सदस्यले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.