विश्वकप फाइनल : रंगशालामा नेपाली झन्डा फरर

विश्वकप फाइनल : रंगशालामा नेपाली झन्डा फरर

विराटनगर : रुसमा भएको फिफा विश्वकपको २१औं संस्करण आइतबार सकिएको छ। फाइनलमा फ्रान्स र क्रोएसियाको खेल चलिरहँदा थुप्रै नेपालीले टेलिभिजनबाट खेलको मज्जा लिइरहेका थिए ।  मस्कोमा रहेको लुझनिकी रंगशालामा विश्वका थुप्रै फुटबल प्रेमीहरु फाइलन खेल हेर्न उपस्थित भएका थिए । त्यही भीडमा नेपालका केही युवाले पनि नेपाली झन्डा फहराउँदै लुझनिकी रंगशालामा विश्वकप फाइनलको मज्जा लिए ।  

विराटनगरका युवा नेपाली राष्ट्रिय झन्डा अंकित टी-सर्ट लगाएर राष्ट्रिय झन्डा फहराउँदै फाइनल खेल हेर्न रंगशालामा उपस्थित भएका थिए ।  विराटनगरबाट यही साता रुस पुगेको युवा टोलीले फाइनल खेल तेस्रो स्थानको लागि भएको बेल्जियम र इङल्याण्डबीच भएको खेल हेरेको मस्कोबाट सन्तोष चौधरीले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य तथा युवा उद्यमी चौधरीसँगै विराटनगरका इन्जिनियर उज्वल प्रसाईंलगायतको समूह विश्वकप हेर्न रुस थियो । चौधरीले भने,‘हजारौं दर्शकमाझ हामीले नेपाली राष्ट्रिय झन्डा फहराउँदै विश्वकप फाइनल हेर्‍यौं ।’ ’झन्डाको विषयमा अन्य दशर्कले सोधीखोजी गर्दा हामी भगवान बुद्धको जन्मस्थान र विश्वकै अग्लो शिखर सगरमाथाको काखमा रहेको देशबाट अएको भन्यौं।’ उनले भने 

नेपालीको प्रतिनिधित्व गर्दै प्रत्यक्ष रुपमा विश्वकप फाइनल हेर्न पाउँदै निकै खुसी लागेको चौधरीले बताए। यसअघि विराटनगरकै सञ्चार उद्यमी तथा पत्रकारको टोली रुस पुगेको थियो । स्थानीय मकालु टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुवेदीसहित पत्रकार मीनकुमार नवोदितसहितको समूह विश्वकप हेर्न रुस पुगेको थियो । 

दश दिनसम्म रुसमा रहेको त्यो समूह लिग चरणका खेल हेरेर नेपाल फर्किएको थियो । पत्रकार श्रेष्ठले भने, ‘नेपालले विश्वकपमा भाग नलिएपनि राष्ट्रिय झन्डा फहराउँदै खेल हेर्नमात्र पाउँदा पनि हामीलाई गर्व लाग्यो ।’ श्रेष्ठले धेरै नेपालीले नेपाल विश्वकपमा पुगेर प्रतिस्पर्धा गरेको हेर्ने धोको बोकेको बताए ।

मकालु टिभीका सुवेदी विश्वकप फुटबलले नेपालीलाई टेलिभिजनको पर्दामा मात्र नभएर खेलस्थलसम्मै आकर्षण गर्ने क्रम बढेको र प्रत्यक्ष खेल हेर्न जाने नेपालीको संख्या बढेको बताउँछन् । सन् २०२२ मा कतारमा हुने विश्वकपमा झन धेरै नेपालीले रंगशालामै पुगेर  खेल हेर्ने सुवेदीले दाबी गरे ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.