अब शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने

अब शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने

 काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले दुई वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

कलेजो प्रत्यारोपणका लागि एघार करोडको लागतमा अत्याधुनिक पोस्ट अपरेटिभ आइसीयु निर्माण भइसकेको छ ।

सेवा सुरु गर्न त्रिवि शिक्षण अस्पतालले ग्यास्ट्रोइन्टेस्टाइनल हेपाटोविलियरी प्याङक्रियाटीक एण्ड लिभर ट्रान्सप्लान्ट सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकीय टोली तयारी अवस्थामा राखेको छ । अस्ट्रेलियाबाट प्रत्यारोपणमा दुई वर्षे तालिम लिएका भण्डारीसहित डा.अमित श्रेष्ठ, डा.सुवाश आचार्यलगायतको समूहले कलेजो प्रत्यारोपण गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दीपकप्रकाश महराले जानकारी दिए ।

प्रत्यारोपण सेवा सुरु गर्न झण्डै २२ जनाको टोली तयारी अवस्थामा छ । उनीहरूले अष्ट्रेलिया, अमेरिका र भारतबाट तालिम लिइसकेका छन् ।

कार्यकारी निर्देशक डा.महराका अनुसार प्रत्यारोपण गर्न चाहने बीस÷बाइस जना बिरामी आइसकेका छन् ।

भारत, सिंगापुर र अष्ट्रेलियाका विशेषज्ञको प्राविधिक सहयोगमा नेपाली सर्जनले प्रत्यारोपण गर्ने छन् । यसका लागि ती देशसँग समन्वय भइरहेको छ । करिब १५ जना बिरामीको कलेजो प्रत्यारोपण गर्दा विदेशीको सहयोग लिने योजना शिक्षण अस्पतालको छ । नेपाली चिकित्सकले महिनामा एक जना बिरामीको कलेजो प्रत्यारोपण गर्ने योजना बनाएका छन् ।

सुरुमा वयस्कको प्रत्यारोपण गरिने ट्रान्सप्लान्ट सर्जन डा.सिंहले जानकारी दिए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपणपछि बिरामी राखिने चार शैयाको अत्याधुनिक पोस्ट अपरेटिभ आइसीयुको सोमबार उद्घाटन गरे । शल्यक्रिया गरिएका बिरामीलाई यो कक्षमा चार÷पाँच दिनसम्म राखिन्छ । कलेजो प्रत्यारोपण गर्न विदेशमा झण्डै ८० लाख लाग्ने गरे पनि नेपालमा २५ लाखसम्ममा सेवा दिने तयारी भइरहेको छ ।

अत्यधिक मदिरा सेवन, हेपाटाइटिस बी र सीको संक्रमण एवं फ्याटी एसिडलगायतका कारणले कलेजो बिग्रने गरेको छ । कडापन (सिरोसिस ) भएको अवस्थामा कलेजो बिग्रन्छ । कलेजा बिग्रँदा शरीरमा पानी भरिने, रगतका नसा फुल्ने, आँखा पहेंलो हुनेलगायतका लक्षण देखा पर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.