प्रतिस्पर्धामा प्लस टुका सुन्दरी

प्रतिस्पर्धामा प्लस टुका सुन्दरी

काठमाडौं : प्लस टुमा अध्ययनरत किशोरी बीचको सौन्दर्य प्रतियोगिता ‘मिस टिन प्लस टु’का प्रतिस्पर्धीहरू अहिले आफूलाई अन्तिम स्पर्धाका लागि तयार गरिरहेका छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको प्रतियोगितामा राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययन गरिरहेका किशोरीको सहभागिता छ । उनीहरूको आत्मविश्वास, बौद्धिक र व्यक्तित्व विकासका लागि मिस टिन प्लस टु–२०१८ आयोजना गर्न लागेको स्टार वनकी पेजेन्ट निर्देशक पूजा निरौलाले बताइन् ।

बालकृष्ण पोखरेलको संयोजनमा साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगितामा कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मी सेवा, ऐश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ, रोशनी श्रेष्ठ, दीपिका अधिकारी, चन्द्रिका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, नीरू कुचीकार, सदीक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठकले अन्तिम स्पर्धा गर्दैछन् ।

अन्तिम प्रतिस्पर्धामा रहेका प्रतियोगी किशोरीलाई एक महिनासम्म विभिन्न विषयका विज्ञले प्रशिक्षण दिइरहेको पेजेन्ट निर्देशक निरौलाले बताइन् ।

प्रतियोगिताका विजयीलाई उच्च शिक्षाको छात्रवृत्ति, टोफेल, आईईएलटीएस, भाषा प्रशिक्षण, विदेश अध्ययनका लागि विशेष छुट, निःशुल्क एअर होस्टेस तालिमको व्यवस्था गरिएको प्रतियोगिताअन्र्तगत ग्रुमिङ, मास फेसिङ, व्यक्तित्व विकास, जुम्बा, हेल्थ चेकअप, लिडरसिप, गाइड, डान्स कोरियोग्राफी, सेल्फ मेकअप टे«निङ मिलाइएको निरौलाले जानकारी गराइन् ।

गत वर्षको प्रतियोगितामा योगिक्षा संग्रौलाले उपाधि जितेकी थिइन् भने त्यसअघि अस्मिता सोती र निकी थापा विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.