चलचित्र विकास बोर्डमा एकसाथ दुई अध्यक्ष, अस्थिरता लम्बिने चिन्ता

चलचित्र विकास बोर्डमा एकसाथ दुई अध्यक्ष, अस्थिरता लम्बिने चिन्ता

काठमाडौं: लामो समयदेखि अस्थिर रहेको चलचित्र विकास बोर्डमा एकैसाथ दुई अध्यक्ष देखिएका छन् । यो अवस्थाले बोर्डको अस्थिरता झनै बढ्ने देखिएको छ । निर्वाचन आचारसंहिता लागेपछि २०७४ भदौ १४ पछि र नयाँ सरकार गठन हुनुअघिका सबै राजनीतिक नियुक्ति बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णाय सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकिदिँदा यस्तो अवस्था आएको हो । 

ओली सरकारले नियुक्ति बदर गर्ने पत्र दिएपछि बोर्डबाट बाहिरिएकी अध्यक्ष निकिता पौडेल अदालत गएकी थिइन् । उनको पक्षमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको थियो । 

निकिता बाहिरिएको केही दिनपछि सोमबार मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एबम् चलचित्र सेन्सर बोर्डका अध्यक्ष ऋषिराम तिवारीलाई तत्कालका लागि बोर्ड सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको थियो । 

तर उनले जिम्मेवारी सम्हाल्न नपाउँदै निकिताको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाले बोर्डमा दुईजना अध्यक्ष देखा परेका हुन् । मंगलबार दिउँसोसम्म निकिता र ऋषिराम दुवैजना पद बहालीका लागि बोर्ड पुगेका छैनन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष खुल्ला प्रतिष्पर्धाबाट चयन गर्नुपर्ने व्यवस्था छ ।  यो प्रक्रियाका लागि समय लाग्ने भएकाले तत्कालका लागि ऋषिरामलाई बोर्ड समाल्ने जिम्मेवारी सरकारले दिएको थियो । 

दुईजना अध्यक्षा देखिएपछि अब के हुन्छ ? कसले बोर्डको जिम्मेवारी सम्हाल्छ ? भन्ने अन्योल कर्मचारीमा देखिएको छ । तर अदालतको आदेश मान्नुपर्ने भएकाले निकिताले बुधबारदेखि पुनः बोर्डको जिम्मेवारी सम्हाल्ने तयारी गरेको स्रोतले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.