केसी पक्ष र सरकारी टोलीबीच तेस्रो वार्ता हुँदै

केसी पक्ष र सरकारी टोलीबीच तेस्रो वार्ता हुँदै

काठमाडौँः १८ दिनदेखि अनशनरत प्रध्यापक डाक्टर गोविन्द केसीको अवस्था जटिल बन्दै गएपछि सरकारले तेस्रो चरणको वार्ताको तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले केसी पक्षबाट बनाइएको वार्ता टोलीलाई शिक्षा मन्त्रालयमा बोलाएको छ । 

पहिलो र दोस्रो चरणको वार्ता बिफल भएपछि सरकारले गृहकार्य गरेर तेस्रो चरणको वार्ताको तयारी गरेको हो । सरकारी वार्ता टोलीका सदस्य डा. गुणराज लोहनीले वार्ता जारी नै रहेको बताएका छन् । 

शिक्षा मन्त्रालयका एक सहसचिवले केसी पक्षको वार्ता टोलीलाई तयारी रहन खबर गरेको स्रोतले बताएको छ । सरकारी वार्ता टोली भने मन्त्रालयमै छलफलमा जुटेको छ । 

यसैबीच जुम्लामा अनशनरत डा. केसीको अवस्था कम्जोर बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । रगतमा अक्सिजनको मात्रा निरन्तर कम हुँदै गएकाले नियमित अक्सिजन दिइएको छ । मंगलबार बिहान स्याचुरेसन घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाइएको उपचारमा संलग्न डा. पुजन रोकायाले जानकारी दिएका छन् । 

मंगलबारको रगतको जाँचबाट आएको रिपोर्टले केसीको स्वास्थ्य अवस्था झन् खस्किएको देखाएको छ । रगतमा सेतो रक्तकोसिका घट्दै गएको छ भने दुवै हातमा संक्रमण पनि देखिएको छ । ‘आजको रिपोर्ट अनुसार केसीको मुटुको चालमा धेरै गडबडी आएको छ’, रोकायाल भने, ‘यस्तो अवस्थामा जुनसुकै बेला मुटुको धड्कन बन्द हुनसक्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.