मृतक लामिछानेका परिवारलाई आर्थिक सहयोग

मृतक लामिछानेका परिवारलाई आर्थिक सहयोग

जिके दंगाली

युएई  : तनहुँ सेवा समाज गठन गरी गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग गरिएको छ । तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरी मृतकका परिवारलाई डेढ लाख रकम हस्तान्तरण गरिएको तनहुँ सेवा समाजका संयोजक हिरालाल श्रेष्ठले जानकारी दिए । 

 रोजगारीको सिसलसिलामा युएई गएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाएको उनले जानकारी दिए । आर्थिक अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको जानकारी अनुसार एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको उपस्थितिमा मृतक गणेश लामिछानेका नातेदार कृष्ण लामिछानेलाई १ लाख ४६ हजार ८१६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सन् २०१४ मा रोजगारीको सिलसिलामा युएई आएका लामिछाने टेकमार्ट जेबल अली कम्पनी दुबईमा कार्यरत थिए । सडक पार गर्ने क्रममा १५ जुन २०१८ शुक्रबार रातको समयमा तिब्र गतिमा आएको गाडी ले ठक्कर दिदा दुर्घटनामा परि उनको मृत्यु भएको थियो ।

अविवाहित लामिछानेको घरमा सुस्त मनिस्थितिका एकजना दाजु र एकजना १४ वर्षको भाइ रहेका छन् र  दुई दिदीबहिनी विवाह भई ँघरको जिम्मेवारी सम्हालेका गणेशको नै  मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । 

तनहुँ समाजका संयोजक श्रेष्ठले कम्पनीको पहल र दुतावासको सहकार्यमा मृतकको शव  जुन २७ मा  नेपला फार्काइएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.