चलचित्र विकास वोर्डमा निकिताको पुनः पदबहाली

चलचित्र विकास वोर्डमा निकिताको पुनः पदबहाली

काठमाडौं :  सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि उनी बुधबारबाट कार्यालय फर्कने भएकी छन् । उनी कार्यालय पुनः फर्कने भए पनि बोर्डका अन्य सदस्यहरूको पदावधि भने असार मसान्तबाट सकिएको छ ।

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति वर्तमान सरकारले बदर गरेपछि निकिता बोर्डबाट बाहिरिएकी थिइन् । निकिताले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन् । उनी मंसिर २५ गते शेरबहादुर देउवाको सरकार हुँदा बोर्ड अध्यक्षमा नियुक्त भएकी थिइन् ।

पौडेल पुनः पदबहाली भएकै दिनबाट उनकै कार्यकालमा सुरु गरिएको बक्स अफिस सुरु भएको छ । बक्स अफिस सुरु भएपछि प्रतिक्रिया दिँदै पौडेले भनिन्, ‘दिनरात नभनी विगत सात महिनादेखि अहोरात्र काम गर्ने सबैप्रति आभार । बक्स अफिस कमिटीका संयोजक नरेन्द्र महर्जन, सदस्य प्रदीप उदय, आकाश अधिकारी, कपिल पराजुली, प्रभाकर भट्टराईलगायत सबै सिनेमाघर, चलचित्र निर्माता संघ नेपाल, चलचित्र निर्माता संघ, सम्पूर्ण निर्माता, निर्देशक र यस क्षेत्रसँग सम्बद्ध सबै चलचित्रकर्मीमा विशेष धन्यवाद ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.