रुकुममा जीप दुर्घटना एउटै गाउँपालिकाका पाँचसहित सातको मृत्यु (अपडेट)

रुकुममा जीप दुर्घटना एउटै गाउँपालिकाका पाँचसहित सातको मृत्यु (अपडेट)

रुकुम (पूर्व) : रुकुम (पूर्व)स्थित सिस्ने गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना भएको हो। घटनास्थलमा चार जनाको मृत्यु भएको थियो। अन्य तीनजना घाइतेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा  मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमध्ये पाँचजना पुथा उत्तरगंगा गाउँपालिकाका छन्। ३५ वर्षीय कुमार पुन, ३१ वर्षीय बुद्धिराज पुन, २२ वर्षीय किरण पुन, २० वर्षकी तिर्सना तुलाचन, ३२ वर्षीय सलिमा बर्मा पुथाउत्तरगंगा गाउँपालिकाका हुन्। कुमार र बुद्धिराज वडा नम्बर १ का हुन् भने किरण, सिर्जना र सलिमा क्रमश वडा नम्बर २, १२ र १४ का हुन्। 

त्यसैगरी भूमे गाउँपालिकाका ४ का २८ वर्षीय अर्जुन विक र कोहलपुरकी २२ वर्षीया ललिता परियारको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। दुर्घटनामा चालकसहित अन्य चारजना घाइते छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ। यद्यपी जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.