दर्शक भेट्न आतुर ‘टिन एज’

दर्शक भेट्न आतुर ‘टिन एज’

काठमाडौं : टिन एजर कथा बोकेको नेपाली कथानक चलचित्र ‘टिन एज’ टोली अहिले प्रचार अभियानमा जुटेको छ । साउन २५ गते राजधानी र मोफसलमा एकसाथ रिलिज हुने यस चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् । 

प्रेमकथामा आधारित यस चलचित्रले टिन एजरलाई संस्कार सिकाउने निर्देशक पाख्रिनको भनाइ छ । ‘चलचित्रले नयाँपुस्ताको कथा बोकेको छ । कलाकार नयाँ भए पनि परिपक्व अभिनय गरेका छन्’, निर्देशक पाख्रिनले भने, ‘दर्शकलाई यस चलचित्रले भरपुर मनोरन्जन दिने छ ।’

चलचित्र क्षेत्रमा नृत्य निर्देशकका रुपमा स्थापित पाख्रिनद्धारा निर्देशित यो पहिलो नेपाली चलचित्र हो । यसअघि उनले तामाङ भाषी चलचित्र ‘जाखेवा’ (जेठो छोरा), राई संस्कृतीमा आधारित चलचित्र ‘आँसु’ निर्देशन गरीसकेका छन् । बिरु मगर, चिनिमाया वाइवा निर्माता एवं देबिका खड्का र बुद्धिमान स्याङतान सहनिर्माता रहेको यस चलचित्रमा नरेशवीर सिं, अजय खड्का, प्रतिक्षा खड्का, कृष्ण सिवाकोटी, रेशम फिरीरी, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, माया मगर आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा अहिले चल्तीमा रहेका संगीतकार विकाश चौधरीको संगीत, दीक्षा पाख्रिनको नृत्य, राजु किराँतीको द्वन्द्व एवं बासु न्यौपानेको छायांकन रहेको छ । मेहनतका साथ चलचित्र राम्रो बनेकाले दर्शकमाझ पु¥याउन आतुर रहेको निर्देशक पाख्रिनको भनाइ छ । डेढ सयभन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरिसकेका पाख्रिन पछिल्लो समय निर्माण हुँदै निर्देशनतिर लागेका हुन् । ‘मिस्टर डन’, ‘मेरो प्यारो माइती घर’, ‘लभ इन चाइना बोर्ड’ र ‘रुद्राक्ष’ निर्माण गरीसकेका पाख्रिनले टिन एजमा पनि लगानी गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.