नयाँलाई ठाउँ दिँदै शक्तिको सन्न्यास

नयाँलाई ठाउँ दिँदै शक्तिको सन्न्यास

काठमाडौं : नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा लामो समय खेल्ने क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। शक्तिले नेपाली टोलीको लर्ड्स र नेदरल्यान्ड्स भ्रमणपछि घरमै हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्। नेपाली टोलीले जुलाईको २९ तारिख लर्ड्समा नेदरल्यान्ड्स र मेरिलेवन क्रिकेक क्लब (एमसीसी) समेत सम्मिलित त्रिकोणात्मक शृंखला र अगस्टको १ र ३ तारिखमा एकदिवसीय शृंखला खेल्दैछ। सोही प्रतियोगिताका लागि बुधबार बिदाई हुनुअघि शक्तिले सन्न्यासको घोषणा गरेका हुन्।

बिदाई कार्यक्रममा शक्तिको तर्फबाट टोलीका कप्तान पारस खड्काले सन्न्यासबारे जानकारी गराएका थिए। ‘यसलाई एउटा ठूलो घोषणा भनौं या के भनौं लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएका शक्ति गौचनले सन्न्यासको घोषणा गर्नुभएको छ। उहाँले नेपाली टोलीको लर्ड्स र नेदरल्यान्ड्स भ्रमणपछि नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनबाट वि श्राम लिने इच्छा व्यक्त गर्नुभएको छ’, पारसले भनेका थिए, ‘उहाँले अहिलेसम्म देशका लागि पु¥याउनुभएको योगदानको सरकारबाट उचित कदर होस्।’

शक्ति नेपाली क्रिकेटको पछिल्लो धेरै सफलतामा मुख्य भूमिका निर्वाह गर्ने खेलाडी हुन्। मुख्य ब्याट्सम्यानको रूपमा नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेका शक्ति पछिल्लो समय टोलीको मुख्य स्पिनरको रूपमा रहँदै आएका छन्। उनी नेपालले सन् २०१२ मा एसीसी ट्रफीको पहिलो उपाधि जित्दादेखि टीट्वेन्टी विश्वकपको छनोट पक्का गर्दा र सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दाका पनि महŒवपूर्ण खेलाडी हुन्। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत नेपालले पहिलो पटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्दा पनि शक्ति टोलीका महŒवपूर्ण सदस्य थिए। राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रा खेलाडी शक्ति अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक विकेट लिने पनि पहिलो खेलाडी हुन्।

शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप छनोटअन्तर्गत सन् २००५ मा इटालीविरुद्धको खेलमा एक सय तीन बलमा अविजित एक सय ६ रनको शतकीय पाली खेलेका थिए। उनले सन् २०१२ को मार्चमा आईसीसी टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत डेनमार्कविरुद्ध भएको खेलमा ह्याट्रिक विकेट लिएका थिए, जुन अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै हुने गर्छ।

सन् २००२ को जुलाईमा एसीसी ट्रफीअन्तर्गत ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्तिले त्यसयता निरन्तर १६ वर्ष राष्ट्रिय टोलीबाट खेले। मैदानमा सधैं हसिलो मुहारका साथ प्रस्तुत हुने शक्तिले आफूले दुई वर्षअघि नै सन्न्यास लिने योजना बनाए पनि आफूलाई विस्थापित गर्ने युवा खेलाडी नदेखिएकाले सन्न्यासको निर्णय लिनु अझै केही समय कुर्नु परेको बताए। उनले पछिल्लो केही समययता भने क्षमतावान् युवा क्रिकेटरको उदय भएकाले सन्न्यासको उचित समय आएको महसुस भएको पनि बताए।

‘म दुई वर्षअघि नै सन्न्यास लिने सोचमा पुगेको थिएँ। यद्यपि राष्ट्रिय टोलीमा मलाई विस्थापित गर्ने खेलाडीको उदय भइसकेको थिएन’, शक्तिले भने, ‘तर पछिल्लो एक दुई वर्षयता आएका युवा खेलाडीमा त्यो सम्भावना देखेको छु। त्यसैले अब सन्न्यासको सही समय आएको महसुस पनि गरेको छु। अब लर्ड्स र नेदरल्यान्ड्स टुरपछि नेपालमै हुने एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्तिम पटक खेलेर वि श्राम लिन चाहन्छु।’

शक्तिले घरेलु मैदान र दर्शकको बीचमा खेलेर बिदा लिनु आफ्ना लागि कहिल्यै बिर्सन नसक्ने क्षण बन्ने पनि बताए। यसैगरी कप्तान पारसले शक्ति नेपाली टोलीको प्रेरणा भएको बताए। ‘शक्ति दाइ म स्कुलमा हुँदा नै सुनेको नाम हो। उहाँसँग लामो समय खेल्न पाएँ। उहाँ मैदानमा सधैं धेरै मेहनत गर्ने खेलाडी हुनुहुन्छ’, पारसले भने, ‘उहाँबाट हामीले धेरै कुरा सिक्नु आवश्यक छ।’

शक्तिको खेल जीवन

लिस्ट ए खेल : २३

टीट्वेन्टी खेल : ९

लिस्ट ए खेलमा विकेट : १८

टीट्वेन्टी खेलमा विकेट :८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.