नेपाली बजार, जहाँ भारुमा मात्र हुन्छ कारोबार

नेपाली बजार, जहाँ भारुमा मात्र हुन्छ कारोबार

 पशुपतिनगर : इटहरीका इक्वल अहमद मंगलबार सूर्योदय नगरपालिकामा पर्ने नेपाल–भारत सीमाको बजार पशुपतिनगर पुगे । उनले पशुपतिनगरको चिनो भन्दै ज्याकेट किन्न खोजे । पसलमा पुगेर ज्याकेटको भाउ सोधे । व्यापारीले सात सय रुपैयाँ मूल्य पर्ने बताए ।

अहमदले सात सय रुपैयाँ दिन खोज्दा पसलेले भने, ‘सात सय त भारुमा हो ।’

पशुपतिनगरमा नेपाली र भारतीय मुद्रामा धेरै नेपाली झुक्किने गरेका छन् । भारतीय व्यपारीहरू बढी आउने नेपाली बजार पशुपतिनगरमा भारतीय व्यापारीहरू भारतीय रुपैयाँमा सामानको मूल्य बताउँछन् । तर नेपाली रुपैयाँ बोकेर जाने नेपालीचाहिँ नेपाली मूल्य बुझ्छन् ।

स्थानीय मिलन क्षत्रीका अनुसार पशुपतिनगर बजार भारतीय व्यापारीको भरमा चलेको छ । दार्जिलिङले पशुपतिनगरलाई पर्यटकीय प्वाइन्टका रूपमा उल्लेख गरेकोले पर्यटकलाई एक घण्टाका लागि त्यहाँ घुम्ने अवसर दिएको छ । क्षत्रीले भने, ‘त्यही समयमा भारतीय पर्यटकहरू हतारमा सामान किन्न आउँछन् ।’

छोटो समयमा सामान किनबेच गर्नुपर्ने बाध्यताका कारण भारुमै कारोबार गर्न त्यहाँका व्यापारीहरू बाध्य छन् । भारतीय व्यापारीलाई लक्ष्य गरेर हुने कारोबारमा नेपाली पर्यटकहरू पनि पर्ने गरेको झापाकी रोजिना गौतमले बताइन् । उनले हरेक कुरा भारुमा कारोबार गर्ने गरेको पाएको बताइन् ।

उद्योग वाणिज्य संघ सूर्योदय नगरपालिकाका अध्यक्ष प्रमोद राईले पशुपतिनगरमा सटही काउन्टर नभएकाले भारु साटेर कारोबार गर्न नसकेको बताए । उनले सटही काउन्टरको आवश्यकतामा जोड दिए ।

पशुपतिनगरमा चीनसहितको विभिन्न देशका सामग्रीहरू पाइन्छन् । सीमावर्ती क्षेत्रका नेपालीहरू पनि लत्ताकपडा, घरायसी प्रयोगका सामान आदि खरिदका लागि पुग्ने गर्छन् । चिनीयाँ सामानहरू पनि पशुपतिनगरमा विशेष कारोबार गरिन्छ ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले व्यापारीलाई नेपाली र भारतीय मुद्रा दुवैमा सामानको भाउ बताउन अनुरोध गरेको बताए । उनले नेपाली मुद्रामा कारोबार गराउन सटही काउन्टरका लागि पहल गर्ने बताए ।

यता इलामका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमल्सिनाले धेरै नेपाली ग्राहकको गुनासो आएकाले बैंकहरूसँग बुझेर सटही काउन्टर खोल्न पहल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.