मुस्ताङमा टिपर दुर्घटना : सुबेर चौधरीका परिवारलाई सहयोग

मुस्ताङमा टिपर दुर्घटना : सुबेर चौधरीका परिवारलाई सहयोग

तुलसीपुरः घर बनाउँदा लिएरको ४० हजार ऋण तिर्ने पैसा कमाउन मुस्ताङ गएका बेला टिपर दुर्घटनामा मृत्यु भएका राप्ती गाउँपालिका–३ नयाँबस्तीका सुबेर चौधरीको परिवारलाई आर्थिक सहयोग जुट्न थालेको छ ।  दुर्घटनापछिको परिवारको समाचार अन्नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्ण पोस्ट् डटकममा समचार पढेर सहयोग जुट्न सुरु भएको हो । 

समाचार पढेपछि सहयोग अभियान थाल्दा सहयोग पनि जुट्न थालेको अभियान्त अजितकुमार भट्टराईले जानकारी दिए । उनले साथीका सहयोगी मनले चौधरी परिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएर केही रकम सहयोग गरेको बताए । 

काठमाडौँमा रहेका अजितकुमार भट्टराईको अगुवाईमा र अष्ट्रेलियामा रहेका कुमार बस्नेतको समन्वयमा अमृत साइन्स कलेजका साथीहरुहरुबाट आर्थिक संकलन गरी सहयोग गरिएको भट्टराईले बताए । 

उनले ‘जोमसोम–लोमाङ्थान सडक निर्माणका लागि मजदुरी गर्न गएका मृतक सुबेर चौधरीका परिवाललाई सहयोग अभियान’ नामाकरण गरेर संकलन भएको २३ हजार २ सय ९० रुपैया चौधरी परिवारलाई भट्टराईले बिहीवार अन्नपूर्ण पोस्ट्को कर्पाेरेट कार्यालय तीनकुनेमा पुगेर रकम हस्तान्तरण गरेका छन् । 

अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक नारायण अमृतलाई रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै भट्टराईले चौधरीको परिवारको पीडामा साथ दिन सानो रकम सहयोग गरिएको बताए । उनले सहयोग रकमले केही भए पनि परिवारमा सहज हुने बताए । बस्नेतले रकम बुझदै सहयोगका लागि धन्यबाद दिँदै सहयोग सम्बन्धित परिवारसम्म छिट्टै हस्तान्तरण गरिने बताए । 

उनले अन्नपूर्णको पोस्ट्का प्रतिनिधिमार्फत् पीडित परिवारसम्म रकम पुग्ने विश्वास दिलाए । अभियानमा उठेको रकम ४६ हजार ५ सय ८० रुपैयाँमा चौधरी परिवारलाई २३ हजार २ सय ९० रुपैया र दुर्घटनामै ज्यान गुमाउने जीतमाया र मौसम घर्तीका छोराहरु विवश र विशेषणलाई २३ हजार २ सय ९० सहयोग गरिएको छ  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.