५८ दिने तालिमको भरमा डाक्टर बनेर उपचार

५८ दिने तालिमको भरमा डाक्टर बनेर उपचार

काठमाडौं : भारतको गोरखपुरमा ५८ दिन तालिम लिएको भरमा भक्तपुर खरिपाटीका उत्तम लामिछानेले आयुर्वेद डाक्टरका नाममा बिरामी जाँच गर्दै आएका छन्। खरिपाटीको निजी घरमै उनले बिरामीलाई सम्पर्क गराएर बर्सौंदेखि नक्कली चिकित्सकका रूपमा उपचार गर्दै आएको पाइएको छ।

डा. उत्तम लामिछाने मास्टर इम्पोर्टर नाम भिजिटिङ कार्डमा उल्लेख गरी उनले सर्वसाधारणलाई गुमराहमा पार्दै आएका छन्। उनीसँग सन् २००३ मा भारतको गोरखपुर स्कुल अफ नेचुरल थेरापिस्टिक कलेजबाट ५८ दिनको तालिम लिएको मात्र प्रमाण छ। बिरामी जाँच मात्र नभएर उनले सेरे इन्टरनेसनल (सुप्रिम नेचर) नेपाल डाक्टर नेचर ग्रुप अफ इन्डस्ट्रिज फ्रुट वाइन नेपाल प्रालि नाम राखेर औषधि निर्माण गरी जापान, क्यानडा, दुबई र चीनमा समेत निर्यात गर्दै आएका छन्। उनले भने आफू हासिल गरेको प्रमाणपत्रले तोकेको काम गर्दै आएको र कुनै नजायज काम नगरेको दाबी गरे। पढाइमा सिकेकै आधारमा डा. लेखेर बिरामी जाँचेको र औषधि निर्माण गरी निर्यात गरेको उनको भनाइ छ। ‘नेचुरोपाथ डाक्टर एसोसिएसनले सबै जिम्मा लिएको छ। मैले काम मात्र गर्दै आएको हुँ’, उनले भने, ‘नेपालमा मैले जसरी काम गर्ने १० देखि १५ हजार जना छन्।’

आवश्यक कागजातभन्दा पनि भिजिटिङ कार्डमा ढुक्कसँग डाक्टरको पद राखेर प्रचार गर्दै उनले बिरामी जाँचिरहेका छन्। बिरामीबाट चिकित्सकको नाममा रकमसमेत लिँदै आएका छन्। आयुर्वेद क्षेत्रको स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नियमन गर्ने गरेको छ। परिषद्ले ऐनअनुरुप दर्ता गरी अनुमति दिने र नवीकरण गर्ने गर्छ। तर ऐनअनुसार लामिछानेले बिरामी जाँच्न र औषधि निर्माण गर्न पाउँदैनन्। कानुनतः कुनै पनि स्तरका स्वास्थ्यकर्मीले कम्तीमा एक आर्थिक वर्ष अध्ययन गरेको छैन भने त्यो व्यक्तिले यस ऐनअन्तर्गत दर्ता हुन सक्दैन। ‘दर्ता नगरी लाइसन्सबिना बिरामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जाँच गरेको पाइए ऐनको दफा २० अनुसार कारबाही हुन्छ’, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार काशी रिमालले भने।

लामिछानेले परिषद्बाट अनुमति नलिईकन बिरामी जाँच्ने र औषधि उत्पादन जस्ता विषय गम्भीर रहेको भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउने रिमालले जानकारी दिए।

परिषद्मा एक सय २२ वटा क्याम्पस दर्ता छन् भने दुई सय ५१ स्वास्थ्य संस्था सूचीमा राखिएको छ। यीबाहेक भारत र अन्य मुलुकमा अध्ययन गरेको विषयमा छानबिन गरी परिषद्ले दर्ता गरी व्यावसायिक अनुमति दिने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.