ट्यांकरले दूषित पानी बेचे कारबाही

ट्यांकरले दूषित पानी बेचे कारबाही

काठमाडौं : पानी वितरणका लागि उपत्यकामा ७० स्रोत पहिचान गरिए पनि ट्यांकरले अन्यत्रबाटै पानी भरेर बिक्री गर्ने गरेको पाइएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणका लागि स्रोतको पहिचान गरेको छ। तर व्यवसायीले पहिचान गरिएका स्रोत छाडेर अन्यत्रबाटै पानी बिक्रीवितरण गरिदिँदा जनस्वास्थ्यमा असर पुगेको विश्लेषणसहित बोर्डले ट्यांकरमाथि निगरानी बढाएको छ।

स्रोतबाहिरका पानी भरेर बिक्रीवितरण गर्ने ट्यांकर व्यावसायीलाई कारबाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले सुझाव दिइसकेको छ। खानेपानी बोर्डले स्टिकर नलिई पानी वितरण गर्न नपाउने नियम बनाएको छ। ट्यांकरले कुन प्रयोजनका लागि कस्तो पानी वितरण गर्ने भनी स्पष्ट देखिने गरी रङरोगन गर्नुपर्ने भए पनि अनुगमन फितलो हुँदा सर्वसाधारण महँगो मूल्यमा दूषित पानी खरिद गर्न बाध्य छन्।

बोर्ड कार्यदलको अनुगमनले मापदण्डअनुसारको खानेपानी वितरण नगरेको, पहिचान भएको स्रोत नभई अन्यत्रबाट पानी संकलन गरी वितरण गर्ने गरेको, वल्कमिटर जडान नभएको, लकबुक नराख्ने गरेको, सरसफाइमा ध्यान नदिएको भन्दै सुधार गर्न सुझाव दिएको थियो। तर नियमन कडाइ नहुँदा अधिकांश ट्यांकरले दूषित पानी बिक्री गरिरहेका छन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले एक वर्षअघि पानी वितरण गर्ने ट्यांकरलाई पिउन योग्यलाई निलो, घरायसीलाई हरियो र अन्य प्रयोजनका पानी बोक्ने ट्यांकरले पहेलो रङका स्टिकर प्रयोग गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ। बोर्डले स्टिकर नवीकरण गर्न र ट्यांकर रङरोगन गर्न निर्देशन दिएको छ।

सतही स्रोतको अनुमति कसले दिने भन्ने स्पष्ट छैन। केही स्थानमा स्थानीय तहले अनुमति दिएका छन्।

उपत्यकामा करिब ६ सय ट्यांकरले पानी बिक्रीवितरण गर्दै आएका छन्। तीमध्ये भूमिगत स्रोत (बोरिङ)बाट बढी पानी विरतण हुने गरेकाले पिउन योग्यभन्दा पनि घरायसी प्रयोजनका लागि मात्र हुने गरेको पाइएको छ।

सतही स्रोतको अनुमति कसले दिने भन्ने स्पष्ट छैन। केही स्थानमा स्थानीय तहले अनुमति दिएका छन्। पानीको स्रोत फिजिकल, केमिकल र माइक्रोबायोलोजिकल पक्षलाई ध्यानमा राखेर उपयोग गर्न मिल्ने नमिल्ने छुट्याउने गरेको बोर्डका इन्जिनियर बोधराज दाहालले जानकारी दिए।

उपत्यकामा पहिचान भएका ७० वटा स्रोतमध्ये जोरपाटी, बालाजु, मातातीर्थ, गोदावारी र भक्तपुर क्षेत्रमा छन्। पहिचान भएका सबै भूमिगत स्रोत मात्र हुन्।

पाँच सय ६७ वटा ट्यांकरलाई तीन प्रकारको स्टिकर वितरण गरिएको छ। तीमध्ये पिउनयोग्य पानी वितरण गर्ने नीलो स्टिकर प्राप्त ट्यांकरको संख्या न्यून छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियामवली तथा ट्यांकर व्यवसाय सेवा सञ्चालनसम्बन्धी निर्देशिकाले पानीको गुणस्तरका आधारमा पानीको प्रयोजन खुलाउने गरी स्टिकर वितरण थालेको हो।

काठमाडौं उपत्यका खानेपानी तथा जलस्रोत अनुगमनसम्बन्धी निर्देशिकाले निर्दिष्ट प्रावधानबमोजिमका कामकारबाही हुन सकेको छैन। पानीको गुणस्तर, चुहावट नियन्त्रणको अनुगमन गर्न बनेको कार्यदलले नियमित रूपमा अनुगमन गरी कारबाही नगरेसम्म ट्यांकरलाई वितरण गरिएको स्टिकरको कुनै अर्थ नहुने उपभोक्ताको भनाइ छ।

अनुगमन प्रतिवेदनले पनि अधिकांश ट्यांकरले मापदण्डभन्दा बाहिरी स्रोतको दूषित पानी वितरण गर्ने गरेको देखाएको छ। बोर्डले साउन १० भित्र सबै ट्यांकर सञ्चालकलाई मापदण्डअनुसारको स्टिकर लिएर मात्र पानी वितरण गर्न निर्देशन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.