असारमा मात्रै एकतिहाइ खर्च

असारमा मात्रै एकतिहाइ खर्च

नेपालगन्ज : बाँकेमा गत असार महिनामा मात्र पुँजीगततर्फ एक तिहाइ रकम खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नेपालगन्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७४÷७५ मा कुल बजेट ८ अर्ब तीन करोड ४८ लाख रुपैयाँ रहेकोमा ६ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ मात्र खर्च भएको छ । जेठ मसान्तसम्म ३ अर्ब ८९ करोड ७५ लाख खर्च भएकोमा असार मसान्तसम्म मात्र २ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ३३.२१ प्रतिशत रहेको कार्यालयका प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले जानकारी दिए । असार महिनाको ३२ दिनमा हरेक दिन ८ करोड ३३ लाख ८४ हजार खर्च भएको देखिन्छ ।

असारे विकासका नाममा एकै पटक ठूलो रकम खर्च भएको आशंका गर्न सकिन्छ । ‘असारमा मात्र धेरै रकम खर्च भएको देखियो, यो आश्चार्यजनक छ’, प्रमुख पौडेलले भने, ‘पहिले काम सम्पन्न भएर अन्तिममा चेक बनाइएको पनि हुन सक्छ वा रातारात काम गरेर बिल मिलान गरेको पनि हुन सक्छ । त्यो अनुसन्धानबाट मात्र थाहा हुन्छ ।’

असारमा एक तिहाइभन्दा बढी रकम खर्च हुँदा पनि आव ०७४÷७५ मा पुँजीगततर्फ झन्डै डेढ अर्ब रुपैयाँ फ्रिज भएको छ । कुल खर्च ८१.७२ प्रतिशत रहेको छ भने फ्रिज भएको रकम १८.२८ प्रतिशत छ ।

प्रमुख पौडेलका उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष फ्रिज प्रतिशतको रकम भने घटेको छ । आव ०७३÷७४ मा ७ अर्ब ३८ करोड ७० लाख कुल बजेट रहेकोमा ५ अर्ब ५३ करोड ११ लाख रुपैयाँ खर्च भएको थियो । जुन ७४.८८ प्रतिशत हुन आउँछ । अघिल्लोभन्दा यस आवमा ६.८४ प्रतिशत बढी खर्च भएको हो ।

असार मसान्तमा काटिएका ४२ करोड रुपैयाँका चेक साट्न बाँकी छ । जसमा पुँजीगततर्फ ३२ करोड र चालुतर्फ १० करोड रहेको कार्यालयले जनाएको छ । असार ३०, ३१ र ३२ गतेभित्र काटिएका चेक एक महिनाभित्र साटिसक्नुपर्ने प्रावधान रहेको छ ।

कोलेनिकाका अनुसार पुँजीगतर्फ सबैभन्दा बढी खर्च पुल योजना सेक्टर नं ३ ले एक अर्ब ४५ करोड खर्च गरेको छ । त्यसैगरी सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक अर्ब १३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ ।

सिक्टा सिँचाइ आयोजनाले ९१ करोड ८२ लाख, हुलाकी राजमार्गले ७४ करोड ३६ लाख, सडक डिभिजन कार्यालयले ६९ करोड, क्षेत्रीय आयोजना व्यवस्थापनले ४७ करोड, जल उत्पन्न प्रकोप नियन्त्रणले २९ करोड, भूमिगत जलस्रोत डिभिजनले १५ करोड, खानेपानी तथा सरसफाई डिभिजनले १५ करोड र जिल्ला समन्वय समितिले १३ करोड रुपैयाँ खर्च गरेका छन् ।

आव ०७३र७४ भन्दा आर्थिक वर्ष ०७४÷७५ मा राजस्व संकलन पनि बढेको छ । अघिल्लो आवमा १० करोड १७ लाख ५६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष १३ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन तीन अर्ब ६९ करोड २३ लाख बढी हो । अर्थात् ३६.२९ प्रतिशत राजस्व वृद्धि भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.