चोरको निसानामा इलेक्ट्रोनिक पसल : एकजना चोर्ने, १० जना किन्ने !

चोरको निसानामा इलेक्ट्रोनिक पसल : एकजना चोर्ने, १० जना किन्ने !

बिर्तामोड : पछिल्लो समय झापाको बिर्तामोडमा रहेका कम्प्युटर, ल्यापटप र टेलिभिजन पसल चोरको निसानामा पर्ने गरेका छन्। त्यस्ता पसलमा राखिएका समानबाट धेरै रकम हात पार्ने लोभमा चोरीमा संलग्नको ध्यान अन्तभन्दा इलेक्ट्रोनिक पसलमा बढी गएको प्रहरीको अध्ययनले देखाएको छ।

‘एउटा कम्प्युटर र टेलिभिजनलाई नै हजारौँ पर्ने भएकाले चोरीमा संलग्नहरूले यस्ता सामान चोरेको धेरै पाइयो', ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाले भने, 'पछिल्लो पटक यसमा संलग्न धेरैलाई पक्राउ गरेका छौँ।’

उनका अनुसार चोर्ने मात्र नभई त्यस्ता सामान किन्नेमा पनि निश्चित व्यक्ति भएकाले प्रहरीले केहीलाई निगरानी गरिरहेको छ भने केहीलाई पक्राउ समेत गरेको छ।

चोरीमा संलग्न व्यक्तिले ६०/७० हजार पर्ने ल्यापटप र डेक्सटप कम्युटरलाई १५/२० हजारमा बिक्री गर्ने गरेकाले त्यस्ता सामान खरिद गर्नेहरू पनि पल्किएको कोइरालाले बताए। पछिल्लो साता मात्र पहरीले बिर्तामोडका कम्प्युटर, ल्यापटप र टेलिभिजन पसल सहित सहकारी र पार्टी कार्यालयको कम्युटर चोरी गर्ने तथा खरिद गर्ने समूहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड १ का २२ वर्षीय जग्गु भनिने दिपेश खवास रहेका छन्। प्रहरीका अनुसार उनी चोरीमा संलग्न मुख्य अभियुक्त हुन्। खबाससहित उनले चोरेका समान खरिद गर्ने १० जनालाई पनि पक्राउ गरिएको प्रहरी प्रमुख डिएपी कोइरालाले बताए।

कोइरालाका अनुसार दिपेशले बिगेन नेपाल थर्ड आइ थेरापी सेन्टरबाट एलसिडी टिभी र ल्यापटप, तत्कालीन एमालेका जिल्ला पार्टी कार्यालयबाट कम्प्युटर, प्रथम आइटी सिस्टम प्रालिबाट ल्यापटप सहितका सामान चोरेका थिए। चोरीमा उनको संलग्नता देखिएपछि प्रहरीले दिपेशलाई मोरङको सुन्दर हरैँचा नगरपालिकाबाट साउन २ गते पक्राउ गरेको थियो। सोधपुछपछि उनले चोरेका सामान किन्ने १० जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।

दिपेशले १ लाख ३० हजार पर्ने टिभीलाई १४ हजार, २ थान कम्प्यूटर ६ हजारमा नै बिक्री गरेको प्रहरीले बताएको छ। चोरी गरी ल्याइएका सामग्री खरिद गर्नेहरूमा मोरङ सुन्दर हरैँचा नगरपालिका ११ का ३४ वर्षीय दीपेन्द्रकुमार मेहता, वडा नम्बर १० का २८ वर्षीय श्रीराम राई, झापा मेचीनगर नगरपालिका–११ का ३१ वर्षीय कैलाश राजवंशी र २५ वर्षीय सञ्जय राजवंशी, बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय तीर्थराज ढुंगाना, ४० वर्षका अर्जुन सहनी, २७ वर्षीय बौवा भन्ने विजय चौधरी, ३१ वर्षीय नवराज भुजेल, २७ वर्षीय सुमन खवास र बिर्तामोड–६ का ३० वर्षीय गणेश दास रहेका छन्। उनीहरु सबैलाई पक्राउ गरीएको प्रहरीको भनाई छ।

खरिद गर्नेहरूको साथबाट प्रहरीले टेक्नोज र सामसुङ कम्पनीको एलसिडी टिभी, लेनोभोको कम्प्युटर, एओसी कम्पनीको मनिटर, फ्रन्टेक कम्पनीको सीपीयु, किबोर्ड र माउस, एसर, लेनोभो र डेल कम्पनीका ल्यापटप तथा प्रोजेक्टर ट्राइपट स्टेन बरामद गरेको छ।

बरामद गरिएका सामानको मूल्य चार लाख १४ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुशन्धान अघि बढाएको डीएसपी कोइरालाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.