बुगीवुगीको अन्तिम तीनमा कविता, प्रगति र सराेज

बुगीवुगीको अन्तिम तीनमा कविता, प्रगति र सराेज

काठमाडौं : ‘अब नाच्छ नेपाल’ नाराका साथ एपी वान टेलिभिजनले सुरु गरेको प्रथम डान्स रियालिटी सो बुगीवुगीमा टप थ्री प्रतिस्पर्धी चुनिएका छन्। शुक्रबार राति भएको एलिमिनेसन राउन्डबाट छानिएर उत्कृष्ट तीन प्रतियोगी टाइटल विजेता बन्ने अर्को राउन्डमा पुगेका छन्।

बाहिर झमझम पानी परिरहेको थियो। एपी वान टेलिभिजनको स्टुडियोभित्र रहेको हलमा भने बेग्लै माहोल थियो। शुक्रबार राति हुने एलिमिनेसन राउन्डको अडिसन चलिरहेको थियो। अन्य दिनभन्दा सिरियस देखिन्थे उत्कृष्ट चारमा पुगेका सहभागी।

उत्कृष्ट चारमा सरोज मोक्तान, प्रगति पुन, रविन भुजेल र कविता नेपालीबीच कडा प्रतिस्पर्धा चलेको थियो। दर्शकको भोटका आधारमा अन्यले भन्दा केही कम भोट प्राप्त गरी शुक्रबार भएको कार्यक्रमबाट विराटनगरका रविन भुजेल बाहिरिएका छन्।

उत्कृष्ट चार सबैले शुक्रबारको प्रस्तुति देखाइसकेका थिए। जब एलिमिनेसनको पालो आयो सबैजना मञ्चमा उपस्थित भए। प्रस्तोताले सरोज र प्रगतिलाई अर्को राउन्डको लागि सुरक्षित भएको उद्घोष गरे। रविन र कविता एकअर्कालाई हेर्दै अत्तालिएका जस्ता देखिन्थे। कविताको आँखाबाट आँसु झरिसकेको थियो। सेफ जोनमा बसेका सरोजले मुख छोपिरहेका थिए। यो दृश्य अडियन्सको सिटमा बसेका सबैका लागि कौतुहलपूर्ण थियो।

जब प्रस्तोताले कविता सुरक्षित रहेको र रविन बाहिरिएको उद्घोष गरे मञ्चमा सन्नाटा छायो। जजको आसनमा रहेका नायक दिलीप रायमाझी केही बोल्नै नसकेर सुँक्कसुँक्क गर्दै थिए। आँखामा टिल्पिलाएको आँसु रोक्न खोज्दै रविनले माइक समाए। उनले, ‘म यो स्टेजबाट हारेर होइन तमाम दर्शकको माया पाएर जितेर जाँदैछ।’ कार्यक्रमस्थल तालीले गुञ्जियो।

वास्तवमै आँखामा आँसु रोक्दै हाँस्न खोजिरहेको उनको अनुहारले जो कोहीलाई भावुक बनाएको थियो। उनले अबको समय यही क्षेत्रमा समर्पित हँुदै बिताउने वाचासमेत गरे।

विराटनगर मिल्स एरियाका रविनले सानो हँुदा नै बुवा गुमाउनुप¥यो। हजुरबुवासँग बसेर काम गर्दै र पढ्दै गरेका हुन् उनले। उनले पढाइलाई अघि बढाउन पाएनन्। घरको सबै जिम्मेवारी उनको टाउकोमा थियो। फिल्म हलमा बरफ बेच्ने काम होस् या जुट मिलमा कामदार बनेर होस् उनले घरका आवश्यकता पूरा गर्थे।

फिल्म हेर्न खुब मन पराउने उनी साथीसँग समूहमा नाच्ने र एक्टिङ गर्ने गर्थे। उनले सञ्जय तामाङसँग नृत्यको सामान्य सीप सिकेका हुन्। त्यसपछि डान्सर सुरज प्रधानसँग पनि लामो समय संगत गरे। सँगै हिँड्ने, नाच देखाउने गर्थे।

बुगीवुगीमा आउनुअघि सिक्किमको क्यासिनोमा काम गर्ने रविनले डान्सकै लागि धेरै पटक हन्डर पनि खाए। भारतमा हुने प्रतियोगितामा हरेक पटक सहभागी बने पनि सफलता पाउन सकेनन्। छमछमी सिजन २ को टप १२ सम्म पुगेका उनी बुगीवुगीको विजेता बन्ने ढोकामै पुगेर बाहिरिएका छन्।

सदैव नाचेर सफल भएको मात्र सपना देख्ने रविनले बुगीवुगी कार्यक्रममार्फत अलि बढी आशा राखेको बताएका थिए। उनले नेपालमै अन्तर्राष्ट्रियस्तरको डान्स कार्यक्रम ल्याएकोमा खुसी देखिन्थे।

बुगीवुगी कार्यक्रमको विजेता घोषणाको अन्तिम समयमा प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा हुनेगर्छ। थोरै मात्र भोटले पनि उनीहरूको रिजल्टमा फरक पर्ने गर्छ। शुक्रबारको एलिमिनेसन राउन्ड चल्दै गर्दा सबै प्रतियोगी निकै चिन्तित देखिन्थे।

बुगीवुगीका डाइरेक्टर एलन श्रेष्ठ एलिमिनेसनको समय सुख र दुःख दुवै एकै पटकको समय हो भन्छन्। उनी अगाडि थप्छन्, ‘यहाँसम्म आइपुग्दा डान्सरहरूले अत्यन्त मेहनत गरेका र करिब ६ ७ महिनासँगै बसेर एउटै परिवारजस्तो हुने हुनाले पनि कहिल्यै पनि कार्यक्रम नसकिए हुन्थ्यो भन्ने लाग्छ।’

डान्स रियालिटी सोको अन्तिम ग्रान्ड फिनाले साउन १९ गते काठमाडौंमा हुने कार्यक्रमका प्रमुख सुरेश पौडेलले जानकारी दिएका छन्। यसको टाइटल विजेताले पुरस्कारस्वरूप २५ लाख प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.