केसीको समर्थनमा बीचबाट मिसियो तरुण दलको झन्डा

केसीको समर्थनमा बीचबाट मिसियो तरुण दलको झन्डा

काठमाडौं : डा.केसीको जीवन रक्षाका लागि भन्दै शनिबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा नेपाली कांग्रेसको  युवा संगठन तरुण दल आयोजकको आग्रहविपरित संगठनको झन्डासहित सहभागी भएका छन्। 

र्‍याली सुरू हुनु अगाबै आयोजकले  प्रदर्शनमा कुनै पार्टीको झन्डा नबोक्न आग्रह गरिरहेका थिए ।  केसी कुनै राजनीतिक दल विषेशको नभइ सबै नेपालीको भएको  भन्दै आयोजकले माइकिङ गरेका थिए । 

आयोजकले यस्तो आग्रह गरेपनि माइतीघरदेखि नयाँबानेश्वरसम्मको र्‍यालीमा बबरमलबाट तरुण दलको  समूह झन्डासहित प्रदर्शनमा मिसिएको थियो।   ‘सोलिडारिटी फर डा. केसी अलायन्स’को नाममा आयोजना गरिएको प्रदर्शनमा तरुण दल झन्डासहित प्रदर्शनमा उत्रिएको हो।

 डा. केसीले जुम्ला गएर अनशन बसेदेखि नै नेपाली कांग्रेसका भातृ संगठनले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.