तरुण दलको निशानामा सरकारी गाडी : इन्द्रेणी फुडल्यान्डमा ढुंगा
काठमाडौं : २२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसी समर्थकको आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन्। शनिबार दिउँसो निषेधित क्षेत्र तोड्दै अघि बढेका तरुण दलका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेपछि सरकारी गाडी तोडफोड गरेका हुन्। इन्द्रेणी फुडल्यान्डमा पार्किङ गरेका तीनवटा सरकारी गाडी तोडफोड भएका हुन्।
पार्किङमा रहेका तीनवटा गाडीका साथै होटेलका सिसा फुटेर एक कर्मचारी घाइते भएको संचालक बिष्णु श्रेष्ठले जानकारी दिए।
तस्बिरः विकास कार्की