'चार ठेकेदार मोटाएर समाजवाद आउँछ ?'

'चार ठेकेदार मोटाएर समाजवाद आउँछ ?'

काठमाडौं : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको आन्दोलन कुनै राजनीतिक पार्टीको समर्थनमा  नभएको बताएकी छन् ।शनिबार केसीको पक्षमा बानेश्वरमा भएको  सभामा बोल्दै कार्कीले केसीको अनसनले  अाफू  रातदिन चिन्ता पैदा गरेको बताइन् ।

उनले सरकारको मानो खाएर के बोलेको भनेर आक्षेप आफूमाथि लगाएपनि केसीको मामलामा नबोली नहुने भएर आन्दोलनमा आएको बताइन् ।मृत्यु शैयामा रहेका केसीलाई अक्सिजन दिएर भएपनि बचाउनु सरकारको धर्म भएको बताउँदै जनतालाई स्वास्थ्य, शिक्षा सर्वसुलभ बनाउने बचन दिएर जनतासँग भोट मागेर जितेको वर्तमान सरकारसँग डा. केसीले आज पनि त्यही कुरा माग गरेको बताइन् ।

उनले भनिन् ‘डा. केसीका यी कुरा आफ्ना निम्ती मागेका होइनन्, जनताको लागि हो । सरकारले गरिबका लागि शिक्षा स्वास्थ्य सर्वसुलभ बनाउनु पर्छ, गरिबका छोराछोरीलाई डाक्टर बनाउनु पर्छ भन्ने केसीको माग हामी सबैको माग हो’ उनले भनिन् । सरकार केसी मागप्रति बुझेपनि बुझपचाएको उनले टिप्पणी गरिन् ।

‘केसीले अमरत्व प्राप्त गरिसकेका छन् उनी जाँदा केही पनि लिएर जाने छैनन् । म सरकारसँग माग गर्दछु उहाँको माग पूरा गरौं’उनले भनिन् ।  

सरकारमा बसेका पढे लेखेकाहरुलाई लोकतन्त्र र समाजवाद अनि प्रजातन्त्र सिकाउन आफू सडकमा नआएको बताउँदै कार्कीले गरिबलाई उठाउन सके मात्रै समाजवाद आउने हुँदा सरकारले चार वटा ठेकेदारलाई मोटाउन हालेर केही नहुने  भन्दै सरकार बेलैमा त्यसतर्फ लाग्न उनले सुझाइन् ।

सरकारको नेतृत्व गर्नेले कमाएको रकम जनतालाई बाढ्नु पर्र्ने पनि उनले बताइन् । प्रधानमन्त्रीको शैलीबारे व्यापक टिकाटिप्पणी सुरु भएको भन्दै कार्कीले यति धेरै आलोचना हुनु लाजलाग्दो विषय भएको समेत बताइन् ।

‘सरकारले जनताको माग सम्वोधन गर्नु पर्छ । सरकारले जनताको माग सम्वोधन गर्दैन भने अलोकप्रिय हुन्छ । यदि सरकारले केसीको माग पूरा गर्दैन भने देशमा आगो बल्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.