'सबै नेपाली खान लाउन पुग्ने अवस्थामा छन्, वीपीको सपना पूरा भएकै छ'
काठमाडौं : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले वीपीले देखेका धेरै जसो सपना पूरा गरेको बताएका छन । वीपीको ३६ औं स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आयोजित स्मृतिसभामा बौल्दै उनले कांग्रेस वीपीको बाटोबाट धेरै विचलन नभएको दाबी गरेका हुन् ।
कांग्रेस वीपीको विचारबाट धेरै विचलन भयो भन्ने कुरा बिरोधीले चलाएको हल्ला मात्रै भएको पौडेलले जिकीर गरे।, उनले भने–‘वीपी भइञ्जेल उनको सत्तो सराप गर्थे किनभने उनीहरुलाई वीपीसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो, अहिले वीपीपछिका हामीलाई वीपीको बाटो छोड्यो भनेर तिनै हल्ला गरिरहेका छन् किनकी अहिले वीपीसँग होइन हामीसँग प्रतिस्पर्धा गर्नुपर्छ’
वीपीले भन्ने गरेको राजनीतिक व्यवस्था अहिले नेपालमा नयाँ संविधानमार्फत साकार गराइएको पौडेलले बताए । वीपीले कल्पना गरेको आर्थिक अवस्था पनि अहिले नेपालमा पूरा भएको उनले जिकिर गरे । उनले भने ‘वीपीले कस्तो आर्थिक स्थिति भन्नु भएको थियो की ? सबै नेपालीलाई खान लाउन पुग्ने अवस्था, वास्तवमा भन्ने हो भने आज करीब–करीब सबै नेपालीलाई खान लाउन पुग्ने अवस्था छ, हामीले त्यो काम गरेका छौं ।’
नेपाल गाउँमा बस्छ भन्ने वीपीको गाउँलाई प्राथमिकता नीति अनुसार कांग्रेले बाटो, विजुली, पानी, शिक्षा, स्वाथ्य, सञ्चार सबै गाउँ–गाउँमा पु¥याएको पौडेलले बताए। उनले भने-'गाउँमा सबै कुरा पुगेका छन्, अब एउटै कुरा पुग्न बाँकी छन् । जसका कारण अझै पनि गाउँबाट शहरतिर भागी रहेका छन, त्यो हो रोजगार हाम्रो ध्यान अब त्यतातिर छ'
आफूहरुले वीपीका सपना पूरा गरिरहेको भन्दै पौडेलले कार्याकर्तालाई नेताको आलोचना मात्रै गर्नेभन्दा नेताका कामको मूल्यांकन पनि गर्न आग्रह गरे ।