केसीको समर्थनमा प्रदेशसभा बैठक अवरुद्ध

केसीको समर्थनमा प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर : डा. गोविन्द केसीको आन्दोलनप्रति बेवास्ता गर्दै सरकार दमनमा उत्रिएको भन्दै कांग्रेस सांसदले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

सभामुख प्रदीपकुमार भण्डारीले आइतबार प्रदेशसभा बैठक सुरु गर्नासाथ कांग्रेस सांसदले आआफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए। सभामुख भण्डारीले चारपटक बस्न आग्रह गरे पनि अस्वीकार गरेपछि आफ्नो धारणा राख्न प्रमुख प्रतिपक्षीलाई समय दिएका थिए। कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले नेकपाले दुईतिहाइको दम्भ देखाएर ‘माफियाको स्वार्थ पूर्ति गराउन’ केसीका मागको बेवास्ता गर्दै दमनमा उत्रिएको आरोप लगाए।

‘एक जना व्यक्तिले मुलुक परिवर्तन गर्न सक्छ तर डा. केसीले केही गर्दैनन् भन्ने मानसिकता सरकारमा देखिएको छ’, उनले भने, ‘केसी अमरत्वको दिशातर्फ अग्रसर छन्।’ दुईतिहाइ सरकारको अपमान नहोस् भन्दै उनले जनताले विरोध गर्न पाउने अधिकार रहेको धारणा व्यक्त गरे।

जनताले प्रधानमन्त्री केपी ओलीबाट समृद्धि प्राप्त गर्ने धेरै आशा गरेको तर मसिनो कुराबाटै कलहको बीउ रोपिएको उनले बताए। ‘माथेमा कार्यदलको प्रतिवेदनले स्वास्थ्य क्षेत्रको अनिश्चितता र अन्योललाई दिशा प्रदान गरेको छ’, उनले भने, ‘कांग्रेस–एमालेकै सरकारका पालामा प्रतिवेदन आएको हो। अब द्वन्द्व बढाउनुभन्दा माग उचित ढंगले सम्बोधन गर्न जरुरी छ।’ संघीय गणतन्त्र संस्थागत रुपमा अघि बढ्ने जनताको अपेक्षा रहेको उनको भनाइ थियो।

सत्तापक्षका सांसद बुद्धिकुमार राजभण्डारीले यही सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्ने भन्ने कारण किन आयो भन्ने प्रश्न उठाए। ‘जब–जब सरकार नयाँ केही गर्न खोज्छ अनि डा. केसीलाई कसले उचाल्छ ? ’, उनले भने, ‘उहाँ अनशन बस्नु हुन्छ।’

उनले स्वास्थ्योपचार गर्न पाउने जनताको अधिकार भताभुंग हुन नहुने उल्लेख गर्दै उपचारकै लागि सरकारले केसीलाई जुम्लाबाट काठमाडौं पु¥याएको बताए। प्रदेश १ मा प्रतिपक्षी र सत्तापक्षले मेलमिलाप गरेरै सदन चलाएकाले अवरोध नगर्न उनले आग्रह गरे।

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक साउन १० गतेसम्मका लागि स्थगन गरिएको छ। आइतबारको बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयकमाथि छलफल गर्र्ने कार्यसूची थियो।

सरकारका प्रवक्ता हिक्मत कार्कीले डा. केसीका मागको सम्बोधन गर्ने विषय प्रदेश सरकारको काबुभन्दा बाहिरको कुरा भएको बताए। ‘यो विषयमा केन्द्रबाटै सहमति गर्न सबै दल छलफलमा बस्नु उपयुक्त हुन्छ’, उनले भने। उनले सदनमा स्वास्थ्यसम्बन्धी विधेयक लगिए पनि त्यसमा संशोधन प्रस्ताव हाल्न सक्ने प्रावधान भएको बताए।

धनकुटामा घम्साघम्सी

धनकुटा : अनशनरत डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल तरुण दल धनकुटाले ¥याली निकालेर सरकारलाई ज्ञापनपत्र पठाएको छ। माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन, मूल्यवृद्धि नियन्त्रण, कर नियन्त्रणलगायत माग राख्दै दलले प्रमुख जिल्ला अधिकारी मनोहर खनालमार्फत ज्ञापनपत्र पठाएको हो। प्रहरीले प्रदर्शनकारीलाई प्रशासन कार्यालयभित्र प्रवेश गर्न नदिएपछि केही बेर घम्साघम्सीसमेत भएको थियो।

०००

जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिँदै कांग्रेस कार्यकर्ता।

०००

प्रदेशसभा बैठक अवरुद्ध गर्दै कांग्रेस सांसद। वासु पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.