होटल संचालकले कुटे सेवाग्राही

होटल संचालकले कुटे सेवाग्राही

दमक :  झापाको दमक नगरपालिका –४ स्थित होटल वन्डरल्याण्डका संचालकले पौडी खेल्न आएका  सेवाग्राहीलाई कुटपिट गरेका छन् ।  कुटपिटबाट घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । 

शनिबार राति ‘स्वीमिङ’ गर्न आएका  सेवाग्राही र होटल संचालकबीच पौडी खेल्ने विषयमा सामान्य विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ‘स्वीमिङ’ गर्न आएका ग्राहकले पौडी खेल्ने भनेपछि होटल व्यवस्थापनले पानी सफा गर्न क्लोरीन हालेकोले नमिल्ने बताएका थिए ।

सोही विषयमा विवाद हुँदा झडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दमक–३ का सुमन श्रेष्ठ, दमक–८ का नवराज गिरी, दमक–४ का पुष्कर पाण्डे, दमक–९ का भेषराज कुवँर, दमक–८ का सन्जिप तामाङ र दमक–१० का प्रदिप गौतम घाइते भएको इप्रका दमकले जनाएको छ । 

घाइते मध्ये गम्भीर श्रेष्ठ र गौतमको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  सामान्य विवादका क्रममा होटल संचालकले गेट थुनेर नियन्त्रणमा लिई अन्धाधुन्द कुटपिट गरेको घाइते गौतमले बताए ।

आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले ‘स्वीमिङ पुल’का सञ्चालकसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा स्वीमिङ पुल सञ्चालक मोरङ, उर्लाबारी–७ का ४५  वर्षीय विदुर लामा, सोही वडाका ३७ वर्षीय नगेन्द्र कोइराला, उर्लाबारी–५ का १८ वर्षीय सचिन श्रेष्ठ, उर्लाबारी–४ का १९ वर्षीय कौशल श्रेष्ठ, दमक–४ का १६ वर्षीय रोनिश स्याङ्वो, सोही वडाका २३ वर्षीय जीवन कार्की, १९ वर्षीय निकेश श्रेष्ठ, विक्रम प्रधान, दमक–२ का २० वर्षीय रोशन नेपाल, दमक–४ कै १६ वर्षीय शान्त तामाङ, दमक–१ का २५ वर्षीय सुजन पौडेल र दमक–६ का ३५ वर्षीय पंकज अग्रवाल रहेका छन् । 

होटलका सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताए । उनले दोषीमाथि कार्वाही हुने जनाए ।

प्रहरीको नियन्त्रणमा रहेका सबैलाई आइतबार नै जिल्ला अदालत झापामा म्याद थप गरिएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा कारवाही प्रक्रिया अघि बढाइएको गिरीले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.