सतारूढ कांग्रेस एमालेको लुम्बिनी प्रदेश स्तरीय बैठक सम्पन्न, जिल्ला स्तरीय संयन्त्र निर्माण गरेर अगाडि बढ्ने निर्णय

सतारूढ कांग्रेस एमालेको लुम्बिनी प्रदेश स्तरीय बैठक सम्पन्न, जिल्ला स्तरीय संयन्त्र निर्माण गरेर अगाडि बढ्ने निर्णय
सुन्नुहोस्

अर्घाखाँची : सरकारमा सहभागी  नेपाली  कांग्रेस र नेकपा एमालेको लुम्बिनी प्रदेश स्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ। कांग्रेस एमालेको सरकार बनेपछि  कांग्रेस एमालेको प्रदेश स्तरीय संयन्त्रको  बैठक पहिलो पटक बसेको हो।

सत्ता साझेदार  दलहरूले सरकार सञ्चालन तथा अन्य विभिन्न  गतिविधिमा समान धारणा बनाएर अगाडि बढ्न प्रदेश संयन्त्रको बैठक सम्पन्न भएको संयन्त्रका सदस्य नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले जानकारी दिए।

सत्तारुढ लुम्बिनी प्रदेशको संयन्त्रमा नेकपा एमालेबाट प्रदेश इन्चार्ज पदमा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन्।

नेपाली कांग्रेसबाट  प्रदेश सभापति अमरसिंह पुन, संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र  प्रदेश सहमहामन्त्री खनाल रहेका छन्।

एमालेका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले मंसिर मसान्तसम्म प्रदेशका १२ वटै जिल्लामा जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने, आन्तरिक विवाद समाधान गर्ने र जिल्ला स्तरीय संयन्त्र संग पुस २० गते संयुक्त बैठक गर्ने लगायतका निर्णय भएको संयन्त्रका सदस्य नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खनालले जानकारी दिए।

बैठकमा प्रदेश सरकारले अहिलेसम्म गरेका कामका बारेमा मुख्यमन्त्री आचार्यले जानकारी गराए। एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराए। संसदीय क्षेत्रमा भएका कामहरूका बारेमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.