जग्गा विवादमा कुटपिट : बृद्धको मृत्यु, एक जना पक्राउ

जग्गा विवादमा कुटपिट : बृद्धको मृत्यु, एक जना पक्राउ
सुन्नुहोस्

रौतहट : जग्गा विवादका क्रममा सर्लाहीमा कुटपिट हुँदा एक वृद्धको ज्यान गएको छ ।  गोडैता नगरपालिका–९ का ७० वर्षीय अहमिद मन्सुरमाथि  कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते मन्सुरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना गत जेठ २२ गतेको हो । उनका छिमेकी श्रीचन महतोसँग जग्गासम्बन्धी विवाद हुँदा श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुरलगायतले उनलाई निर्घात कुटपिट गरेर घाइते बनाएका थिए ।  

गम्भीर घाइते भएका मन्सुरलाई मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको भए पनि उपचारको क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्नमध्ये रमजान मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदै अन्य घटनामा संलग्न श्रीचन महतो र सुशील महतो फरार रहेकाले उनीहरूको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.