बस दुर्घटना अपडेट : मृतक ८ जनामध्ये ६ जनाको सनाखत

बस दुर्घटना अपडेट : मृतक ८ जनामध्ये ६ जनाको सनाखत
फाइल तस्बिर।

काभ्रे : नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बी.पी. राजमार्गमा शुक्रबार बस दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ६ जनाको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीका अनुसार रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फुलमाया तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख निवासी तथा भकुण्डेबेसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमल्दार ३० वर्षीय बमबहादुर भण्डारी, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङको सनाखत भएको हो।

दुर्घटनामा मृत्यु भएका अन्य दुई जनामध्ये करिब ६०–६५ वर्ष उमेरका एक पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान खुलाउने प्रयास जारी रहेको छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो। र्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.