रोधीघरमा कुटपिटबाट घाइते श्यामको मृत्यु, चार जना पक्राउ

रोधीघरमा कुटपिटबाट घाइते श्यामको मृत्यु, चार जना पक्राउ
सुन्नुहोस्

गोरखा : गोरखा नयाँबजारस्थित रोधीघरमा कुटपिटबाट घाइते भएका श्याम भनिने सन्तबहादुर गुरुङको मृत्यु भएको छ । गत बुधबार राति रोधीघरबाट निस्कने क्रममा निर्घात कुटपिटमा परी घाइते भएका गुरुङको गए राति गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुड्की, लात्ती तथा ढुङ्गा प्रयोग गरी घाइते बनाइएक गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । उपचारपछि घर फर्किएका उनी शुक्रबार दिउँसो घरमा बेहोस भएर ढलेका थिए । तत्काल उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएका उनको अस्पतालमै मृत्यु भएको मृतक गुरुङकी दिदी सनमाया गुरुङले जानकारी दिइन् । 

घटनाको अनुसन्धान लागि कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकरी दिए । गोरखा नगरपालिका–७ रोहटेपानीका बोनस शाक्य, धार्चे–२ का मिङ्मार गुरुङ, धार्चे–१ हुलचुकका सन्तोष गुरुङ र सिरानचोक–२ थालाजुङका होमराज गुरुङलाई नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.