गृहमन्त्रीसहितको टोली खरिपाटी होल्डिङ सेन्टरमा, ‘माथिको निर्देशन’ भन्दै पत्रकारलाई निषेध

गृहमन्त्रीसहितको टोली खरिपाटी होल्डिङ सेन्टरमा, ‘माथिको निर्देशन’ भन्दै पत्रकारलाई निषेध

भक्तपुर : गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको छ । गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो । विहान ११ बजेर पाँंच मिनेटमा गेट पसेको टोली १२ बजेर ५० मिनेटमा निस्केको थियो । 
गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू खरिपाटी होल्डिङ सेन्टर पुगेका थिए ।

टोलीले सेन्टरको व्यवस्थापन, पूर्वाधार, सेवा–सुविधा तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ । तर, कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारलाई मुख्य प्रवेशद्वारमै रोकिएको थियो । निरीक्षणका क्रममा सञ्चारकर्मीलाई सेन्टरभित्र प्रवेश गर्न नदिएपछि पारदर्शिता र सूचनाको अधिकारबारे प्रश्न उठेको छ ।

null

मुख्य गेटमा रहेका प्रहरीले माथिको आदेश भन्दै सञ्चारकर्मीलाई भित्र प्रवेशमा रोक लगाएका थिए । बाहिर गेटमा सुरक्षाकर्मीले रोक लगाएपछि भित्र रहेका प्रमुख जिल्ला अधिकारी, एसपीलगायतलाई टेलिफोन सम्पर्क गर्दा पनि प्रवेश सहज हुन सकेन । गृहमन्त्री होल्डिङ्ग सेन्टर आएको खवरपछि भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितसहित उनको तीन सदस्यी टोली एउटै गाडीमा भित्र पसेको थियो । गृहमन्त्री भक्तपुर आएको खवरपछि जिल्लाका अन्य सञ्चारकर्मीहरु पनि यहाँं पुगेका थिए । पत्रकार महासंघ भक्तपुरका अध्यक्षसहित नेपाल टेलिभिजनलगायतका पत्रकारहरु पनि यहाँं आएका थिए । तर पनि प्रवेश पाएनन् ।  

११ बजेर पाँंच मिनेटमा होल्डिङ्ग सेन्टर पुगेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो । बाहिरने क्रममा पनि गृहमन्त्रीसहितको टोलीका कसैले पनि पत्रकारसँंग कुराकानी नगरी मुख्य गेटबाट सिधै बाहिरिए । सुरक्षा निकायले ‘माथिको निर्देशन’ भन्दै सञ्चारकर्मीलाई भित्र प्रवेश गर्न अनुमति नदिएपछि पत्रकारहरु रुष्ट बनेका थिए । पत्रकारलाई गेट बाहिरबाटै तस्वीर तथा भिडियो खिच्न बाध्य भएका थिए । 

सरकारी निकायले सार्वजनिक महत्वको स्थलको निरीक्षण गर्दा सञ्चारमाध्यमलाई प्रवेश निषेध गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको भन्दै स्थानीय पत्रकारहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले सार्वजनिक सरोकारसँग जोडिएको विषयमा सञ्चारमाध्यमलाई सूचना संकलन गर्नबाट रोक्नु पारदर्शितामाथिको प्रश्न भएको बताएका छन् ।

nullखरिपाटी होल्डिङ सेन्टरमा हाल विभिन्न स्थानबाट स्थानान्तरण गरिएका सुकुम्बासी तथा प्रभावित परिवारहरू बसोबास गर्दै आएका छन् । त्यहाँ खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, बालबालिकाको अध्ययन तथा अन्य आधारभूत सेवासम्बन्धी विभिन्न समस्या रहेको भन्दै समय–समयमा गुनासो सार्वजनिक हुँदै आएको छ । गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयले पनि पत्रकारलाई किन प्रवेश निषेध गरिएको भन्ने विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा सार्वजनिक सरोकारका विषयमा सञ्चारकर्मीलाई सूचना संकलन गर्नबाट रोक्नु उचित नभएको सञ्चार क्षेत्रका सरोकारवालाहरूको भनाइ छ । उनीहरूले यस्ता गतिविधिले सरकारी काम कारबाहीप्रतिको पारदर्शिता र जनविश्वासमा नकारात्मक असर पर्न सक्ने बताएका छन् । यस घटनापछि पत्रकार महासंघ तथा सञ्चारसम्बद्ध संघ–संस्थाहरूले पनि घटनाबारे चासो व्यक्त गर्दै सार्वजनिक निकायहरूले सूचना प्रवाह र सञ्चारमाध्यमको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.