असममा भारतीय सेनाको विमान दुर्घटना, लाग्यो आगो

असममा भारतीय सेनाको विमान दुर्घटना, लाग्यो आगो
सुन्नुहोस्

भारत : असमको जोरहाटस्थित भारतीय वायुसेनाको एयरबेसमा शनिबार एएन–३२ मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणका क्रममा विमानमा आगलागी भएपछि यो दुर्घटना भएको हो ।

प्रारम्भिक जानकारीअनुसार विमानले एयरबेसको रनवेमा सुरक्षित अवतरण गरेको थियो । तर अवतरण लगत्तै विमानबाट अचानक आगोको मुस्लो निस्किएको देखिएपछि दुर्घटना भएको हो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र दौडधूप मच्चिएको थियो र वायुसेनाको आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रुत प्रतिक्रिया टोली घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिन तथा विमानमा सवार चालक दल र अन्य कर्मीलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो । हालसम्म भारतीय वायुसेनाले विमानमा सवार व्यक्तिहरूको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.