सम्झौताको नजिक इरान र अमेरिका, इरानी विदेशमन्त्रीको पोस्ट ट्रम्पले गरे सेयर
काठमाडौं : अमेरिका र इरानबीच हुन लागेको सम्झौतालाई लिएर अन्योल र आशाको स्थिति लगातार कायम छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले आफूहरू सम्झौताको निकै नजिक पुगेको बताएका छन्। यद्यपि, सम्झौतालाई अन्तिम रूप नदिएसम्म यसको भित्री बुँदाहरूबारे अनुमान लगाउनबाट बच्नुपर्ने उनको भनाइ छ।
इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल ुएक्सु ९ट्विटर० मा लेखेको उक्त पोस्टलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसल मार्फत सेयर गरेका छन्। ट्रम्पको यस कदमले दुई देशबीच प्रस्तावित सम्झौताका सर्तहरूमा असहमति रहे पनि वार्ता सही दिशामा अघि बढिरहेको बलियो संकेत दिएको छ।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि शान्ति सम्झौताको मस्यौदा फाइनल भइसकेको दाबी गरेका छन्। पाकिस्तानको निरन्तरको ठूलो मध्यस्थता प्रयासका बीच सम्झौता भाँड्न खोज्ने तत्वहरूले भ्रम फैलाइरहेको भन्दै उनले ुशान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति बनिसकेको र पाकिस्तान अब आगामी प्रक्रियाका लागि दुवै पक्षसँग मिलेर काम गरिरहेकोु स्पष्ट पारेका छन्।
अर्कातर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सम्झौताका विषयमा बजारमा अनेकौँ हल्ला र गलत सूचना फैलाइएको बताएका छन्। उनले इरानलाई कुनै पनि नगद रकम नदिइने स्पष्ट पार्दै यदि इरानले आफ्ना जिम्मेवारीहरू पूरा गरेमा मात्र उसले र पूरै क्षेत्रले आर्थिक लाभ पाउने बताए।
प्रतिक्रिया दिनुहोस !