इरानमाथि ट्रम्प र नेतन्याहूको रणनीति किन हुँदैछ असफल ?

इरानमाथि ट्रम्प र नेतन्याहूको रणनीति किन हुँदैछ असफल ?

अमेरिका : डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूको विश्वास थियो कि इरानमाथिको विजयले सम्पूर्ण मध्यपूर्वको राजनीतिक अवस्था बदलिदिनेछ । क्षेत्र परिवर्तन त हुँदैछ, तर उनीहरूले सोचेको दिशामा होइन । इस्लामिक गणतन्त्र इरान पराजित भएको छैन ।

बरु अहिले लामो, थकाउने र निरन्तर संकटको खतरा बढेको छ, जुन कहिले प्रत्यक्ष युद्धमा परिणत हुन सक्छ भने कहिले फेरि तनावको अवस्थामै सीमित रहन सक्छ । इरानी शासनलाई ढाल्न ट्रम्प र नेतन्याहूले अनुमान गरेभन्दा धेरै कठिन साबित भएको छ । उनीहरूको मूल्याङ्कन गलत सावित भएको छ र अहिले घटनाक्रममाथि उनीहरूको नियन्त्रण पनि कमजोर बन्दै गएको देखिन्छ ।

अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनालाई यसको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ । यो घटनाले फेरि एक पटक देखाएको छ कि इरानका शासकहरू अझै पनि अमेरिकालाई क्षति पुर्‍याउन सक्षम छन् र आफूलाई यस संघर्षको विजेता बनाउने संकल्पबाट पछि हटेका छैनन् । इरानका लागि विजयको अर्थ सत्ता टिकाइराख्नु र आफ्नो प्रतिरोध क्षमतालाई अझ बलियो बनाउनु हो । साथै, विश्वका सबैभन्दा महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमाथिको आफ्नो रणनीतिक प्रभावलाई मान्यता दिलाउनु पनि हो ।

अमेरिकी राष्ट्रपति र उनका सैन्य अधिकारीहरू हेलिकोप्टरको क्षतिप्रति प्रतिक्रिया दिँदा एकातिर आफूहरू दबाबमा नपरेको सन्देश दिन चाहन्छन् भने अर्कोतिर अहिलेसम्म सफल हुन नसकेको कूटनीतिक प्रयासलाई जीवित राख्न पनि चाहन्छन् । ट्रम्प अहिले इरानसँग कुनै सहमति गर्ने सम्भावनामाथि दाउ लगाइरहेका छन्, जसबाट होर्मुज जलडमरूमध्य फेरि खुल्न सकोस् र इरानको समृद्ध युरेनियम भण्डार तथा आणविक कार्यक्रम जस्ता विषयमा दीर्घकालीन वार्ता सुरु गर्न सकियोस् ।

अमेरिकामा यो युद्ध लोकप्रिय छैन । त्यसैले ट्रम्प कुनै यस्तो परिणाम खोजिरहेका छन्, जसलाई उनले राजनीतिक विजयका रूपमा प्रस्तुत गर्न सकून् । तर यो लक्ष्य हासिल गर्न कठिन देखिएको छ । ट्रम्प र नेतन्याहू दुवैले युद्धसम्बन्धी एउटा पुरानो पाठ फेरि सिकिरहेका छन्यु-द्ध सुरु गर्न सजिलो हुन्छ, तर त्यसलाई स्पष्ट र पूर्ण विजयका साथ अन्त्य गर्न निकै गाह्रो हुन्छ ।

फेब्रुअरीको अन्त्यतिर जब उनीहरूले आफ्ना देशलाई इरानसँगको युद्धमा धकेले, दुवैले भिडियो सन्देशमार्फत ऐतिहासिक परिवर्तन आउन लागेको संकेत दिएका थिए । उनीहरूको विश्वास थियो कि १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित इरानी शासन अब अन्त्यतिर पुगेको छ । फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टबाट ट्रम्पले ईरानी विपक्षीहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईंहरूको स्वतन्त्रताको समय आएको छ । सुरक्षित रहनुहोस् । घर बाहिर ननिस्कनुहोस् । बमबारी हुनेछ । हामीले आफ्नो काम पूरा गरेपछि आफ्नो सरकार आफैं सम्हाल्नुहोस् ।’ त्यसको भोलिपल्ट तेल अभिभस्थित इजरायली रक्षा मन्त्रालयको भवनको छतबाट नेतन्याहूले पनि विजय निश्चित जस्तै शैलीमा सम्बोधन गरेका थिए । उनले भनेका थिए, ‘यो सैन्य गठबन्धनले मलाई ४० वर्षदेखि चाहेको काम गर्ने क्षमता दिएको छ-आतंकवादी शासनलाई जरैदेखि उखेल्ने । मैले यही वाचा गरेको थिएँ र हामी यही गर्नेछौँ ।’

कहाँ भयो गल्ती ?
नेतन्याहूले आफ्नो राजनीतिक जीवनभर इजरायलको मुख्य खतरा इरान भएको बताउँदै आएका छन् । उनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई इरानविरुद्ध सैन्य कारबाहीमा सहभागी गराउने प्रयास गरे तर सफल भएनन् । ट्रम्प भने फरक साबित भए । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतन्याहूले लगातार इजरायलीहरूलाई सैन्य शक्तिमार्फत शत्रुहरूलाई परास्त गरेर सुरक्षित भविष्य निर्माण गर्ने आश्वासन दिएका थिए ।तर अहिले अवस्था उल्टो देखिन थालेको छ । आलोचकहरूका अनुसार बल प्रयोगमार्फत क्षेत्रलाई आफ्नो इच्छाअनुसार ढाल्ने नेतन्याहूको रणनीति अपेक्षित रूपमा सफल भएको छैन ।

ट्रम्पले पनि छिटो विजयको अपेक्षा गरेका थिए । उनलाई विश्वास थियो कि शासन परिवर्तनको रणनीति सफल हुनेछ र ईरान त्यसको अर्को लक्ष्य बन्नेछ। तर अहिले दुवै नेताहरूले आफूले कहाँ गल्ती गरे भन्ने प्रश्नको सामना गरिरहेका छन् । अमेरिकासँग संसारकै शक्तिशाली सेना छ र इजरायल मध्यपूर्वको प्रमुख सैन्य शक्ति हो । त्यसैले उनीहरूले इरानको आर्थिक कमजोरी, प्रतिबन्ध, भ्रष्टाचार र आन्तरिक असन्तुष्टिलाई शासन पतनको संकेत ठानेका थिए । साथै, इजरायलले गाजामा हमास र लेबनानमा हिज्बुल्लाहलाई ठूलो क्षति पुर्‍याएको थियो । सिरियाका राष्ट्रपति बशर अल–असद पनि सत्ताच्युत भइसकेका थिए । यी सबै कारणले इरानी शासन कमजोर भइसकेको निष्कर्ष निकालिएको थियो ।

तर उनीहरूले इरानी शासनको कठोरता, टिकाउपन र रणनीतिक चातुर्यलाई कम आँके । सर्वोच्च नेता र शीर्ष सैन्य अधिकारीहरूलाई मार्दा शासन आफैं ढल्ने अनुमान पनि गलत साबित भयो । झन्डै पाँच दशकदेखि निरन्तर बाह्य दबाब र संकट झेल्दै आएको इरानी व्यवस्थाले आफूलाई आक्रमण सहन सक्ने गरी तयार पारेको छ । त्यसको सुरक्षा सोच धार्मिक र वैचारिक विश्वासद्वारा समेत बलियो बनाइएको छ ।

खाडी राष्ट्रहरूको बढ्दो चिन्ता
अमेरिकाका साझेदार खाडी राष्ट्रहरू-विशेषगरी यूएई र बहराइन-पनि युद्धका कारण प्रभावित भइरहेका छन् । क्षति केवल पेट्रोकेमिकल उत्पादन र मल जस्ता उद्योगको आम्दानीमा सीमित छैन । यी देशहरूले आफ्नो भविष्य क्षेत्रीय स्थिरता, अन्तर्राष्ट्रिय लगानी र पर्यटनमा आधारित बनाएका थिए । तर युद्धले त्यो दृष्टिलाई संकटमा पारेको छ । सम्भावित लगानीकर्ता र पर्यटकहरूले अहिले युद्धको जोखिम देखिरहेका छन् । इरानी नेतृत्वको विश्वास छ कि यदि उसले आफ्नो अस्तित्व जोगाउन सफल भयो र होर्मुज जलडमरूमध्य बन्द गर्ने तथा छिमेकी खाडी राष्ट्रहरूमाथि दबाब सिर्जना गर्ने क्षमता कायम राख्यो भने त्यसलाई अमेरिका र इजरायलविरुद्ध दीर्घकालीन रणनीतिक प्रतिरोधमा बदल्न सकिन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.