हर्कराज राईको प्रश्न : सुस्तामा एसएसबीले नेपालीलाई हप्कीदप्की गरिरहेको छ, रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

हर्कराज राईको प्रश्न : सुस्तामा एसएसबीले नेपालीलाई हप्कीदप्की गरिरहेको छ, रक्षामन्त्री कहाँ हुनुहुन्छ ?
सुन्नुहोस्

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री संसदमा उपस्थित भएर आफूहरुको प्रश्नको जवाफ दिनु पर्छ भन्ने माग गरेको ११ दिन वित्दा समेत प्रधानमन्त्री बालेन शाह संसदमा नआएको बताएका छन् ।

 प्रतिनिधिसभाको आजको वैठकमा उनले अहिले सरकारको रक्षामन्त्री को हुनुहुन्छ बोलाई दिन अनुरोध गर्दछु भन्दै राईले सुस्तामा भारतको सशस्त्र सुरक्षा बल (एसएसबी) आएर नेपाली दाजुभाइहरुलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरु चाँहि आफ्नो भूमिको सुरक्षाको लागि निहत्था लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरु सार्वजनिक भइरहेको बताएका छन् ।

सांसद राईले भने, ‘त्यस विषयमा नेपाल सरकारको रक्षामन्त्रीले, प्रधानमन्त्री त संसदमा आउनु हुन्न, रक्षामन्त्री हुनुहुन्छ भने खोजेर ल्याई दिनु प¥यो हामी यहाँ प्रश्न गर्न चाहन्छौं । उनले प्रश्न गरे, ‘हाम्रो नेपाली सेना चाँहि के कसम आएर सीमामा जानै नहुने गरी बसेको छ ?’ उनले नेपाली सेनाले सीमानामा चिहाउन, अवलोकन समेत गर्न नमिल्ने नेपाल सरकारले के करार गरेको रहेछ भन्ने प्रश्न गर्दै सांसद राईले भने, ‘कि त्यो करार सन्धी हामीलाई संसदमा देखाई दिनु पर्‍यो ।’ खुल्ला सीमाना सँधै यसरी नै मिचिने, मिचिदै आएको बताउँदै प्रश्न गरे, ‘सीमानामा हाम्रो सेना किन पठाउन सकेका छैनौं ।’ उनले संसदमै गृहमन्त्री समेत रहेको बताउँदै विशेष समय लिएर भए पनि यस विषयमा उत्तर दिनु पर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.