सरकारले आँट गरेर राष्ट्रिय सदाचार नीति लागु गरोस् : अमरेशकुमार सिंह
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सुशासन कायम गर्न सरकारलाई दुई वटा काम गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सरकारलाई सुझाव दिए ।
अर्को सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन मन्त्रालयमा जम्मा रहेको तर कार्यान्यन नभइरहेको बताएका छन् । उनले सरकारी, सार्जजनिक र गुठीको जग्गा राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण प्रतिवेदन सार्वजनिक नगरिएको बताए । उनले साँच्चै सरकारले सुशासन कायम गर्न चाहन्छ भन्ने राष्ट्रिय सदाचार नीति लागू गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !