राष्ट्रिय मुद्दामा प्रधानमन्त्री नआउनु जनताको अपमान : सांसद केसी
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रियता जस्तो गम्भिर विषय उठ्दा प्रधानमन्त्री निरन्तर संसदमा अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीको दायित्व वारेसमार्फत गराइनु संसदप्रतिको घोर अपमान हुने समेत बताए ।
सांसद केसीले शक्ति सन्तुलन र नियन्त्रणका प्रक्रियाहरु एकपछि अर्को गर्दे भंग हुँदै गएको बताउँदै उनले केन्द्रिकृत र स्थापित संस्थागत प्रक्रियालाई नियन्त्रण गर्नु अस्थिरता र निरंकुशताको प्रवृति भएको पनि उनले बताए । उनले संसदमा सांसदहरुले प्रश्न गर्न पाउनु विशेष अधिकारको विषय भएको बताउँदै संसदमा प्रश्न गर्दा कसैले तेरो काण्डको फाइल खोलिदिन्छु भनेर धम्की दिनु संसदीय मर्यादामाथिको अपमान भएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस !