सरकारलाई कांग्रेसको प्रश्न : सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनः गृहमन्त्री नियुक्त भएका सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्दै संसदबाट सरकारलाई प्रश्न गरेको छ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा संसदमार्फत आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानवअधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै आपति जनाएका हुन् । ‘माननीय गृहमन्त्री ज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो । सुनिन्छ समितिले चोख्यायो रे ! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनायो,’ उनले भने ।
‘एकातिर सुशासनको नारा अर्कोतिर आफनोलाई पुरस्कृत अर्को मानवअधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने । कहिले प्रतिवेदन सार्वजनिक हुन्छ ?’ सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए। सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो । ‘अब क्रमभंगता र सुशासनको गफ हाँक्न छौडौं । कि आफनालाई जोगाउने, पुरस्कृति गर्ने काम गर्नु भएन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !