विपक्षी दलले गरे अर्थमन्त्रीमाथि छानविन समितिको माग

विपक्षी दलले गरे अर्थमन्त्रीमाथि छानविन समितिको माग
सुन्नुहोस्

काठमाडौं : बिपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । साथै उनीहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने समेत जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै पनि प्रकारको चलखेल गर्न नपाइने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए ।

अर्थमन्त्रीलाई आफूहरुले शंकाको लाभ दिए पनि अर्थमन्त्रीको जवाफले जनप्रतिनिधि संस्थाको अवमूल्यन भएको उनले बताए । त्यस्तै एमालेका सांसद सांसद गुरुप्रसाद बरालले विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको बताए । उनले जवाफ दिएकै भरमा अर्थमन्त्री उम्कन नसक्ने भन्दै संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरे । 

कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने भन्दै नेपाल–भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने  बताए । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले अवाञ्छित गतिविधि रोक्न माग गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल–भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधानका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.