विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोको विजयी सुरुवात, पहिलो खेलमा ३ रातो कार्ड
काठमाडौं : फिफा विश्वकप– २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा १ गोल बेहोरेको दक्षिण अफ्रिकाले दोस्रो हाफमा १ गोल बेहोर्नुको साथै २ वटा रातो कार्ड बेहोर् यो । इन्जुरी समयमा मेक्सिकोले पनि १ रातो कार्ड बेहोर्दा विश्वकप २०२६ को उदेघाटन खेल रातो कार्डमय बनेको हो । पहिलो हाफको नवौं मिनेटमा जुलियन क्विनोनसले हानेको गोल मार्फत घरेलु टोलीले अग्रता बनाएको थियो । खेलको ६७ औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकामाथि २–० को जित दर्ता गरेको हो ।
पहिलो हाफको नवौं मिनेटमा एरिक लिराले निकालेको उत्कृष्ट क्रसमा जुलियनले उत्कृष्ट फिनिस गरेका हुन् । मेक्सिको पहिलो हाफमा दक्षिण अफ्रिकामाथि हाबी बनेको थियो । दोस्रो हाफ भने नाटकीय रह्यो। ३ रातो कार्डसहित खेलको दोस्रो हाफ केही तानवपूर्ण बनेको थियो । खेलको ५० औं मिनेटमा मेक्सिकोका सेफोलो सिथोलले पेनाल्टी बक्सभित्र फाउल गर्दा रातो कार्ड खाँदै बाहिरिए ।
१० खेलाडीमा सीमित रहेको दक्षिण अफ्रिकामाथि खेलको ६७ औं मिनेटमा राउल जिमिनेजले उत्कृष्ट हेडर गोल गरे । खेलको ८४ औं मिनेटमा दक्षिण अफ्रिकाले दोस्रो रातो कार्ड बेहोर्यो। दक्षिण अफ्रिकाका लागि थेम्बा ज्वानले रातो कार्ड व्यहोरे । निर्धारित ९० मिनेटको समय सकिँदा ९ खेलाडीमा सीमित दक्षिण अफ्रिकामाथि मेक्सिकोले २–० को अग्रता कायम राखेको थियो ।
दोस्रो हाफमा दक्षिण अफ्रिकाले लगातार २ खेलाडीले रातो कार्ड व्यहोरेपछि केही राणनितीक परिवर्तन गरेको थियो । जसमा केही राम्रो सट पनि प्रहार गर्यो । निर्धारित ९० मिनेटमा ७ मिनेटको इन्जुरी समय थप गरिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा दक्षिण अफ्रिकाका खेलाडीले बल अगाडि बढाउँदै गरेको अवस्थामा पेनाल्टी एरियामा फाउल गरेपछि मेक्सिकोका खेलाडी सेजार मोन्टेसले रातो कार्ड खाँदै बाहिरिए । विश्वकप २०२६ को दोस्रो खेल आज बिहान दक्षिण कोरिया र चेक रिपब्लिकबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस !