फिफा विश्वकप २०२६

केप भर्डे विरुद्ध संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा

केप भर्डे विरुद्ध संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा
सुन्नुहोस्

काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत केप भर्डेलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३- २ ले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले अन्तिम समयमा निकै संघर्षपूर्ण जित दर्ता गरेको हो।

खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा ल्याएका थिए।

पहिलो हाफमा अर्जेन्टिना १-०को अग्रतामा रह्यो। दोस्रो हाफमा खेलको ५९ औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो। केप भर्डेको लागि डिरोए डुआर्टेले गोल गरेका हुन्। डुआर्टेको गोल सँगै खेल बराबरीमा पुग्यो।

निर्धारित ९० मिनेटमा खेल एकएक बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। 

अतिरिक्त समयको खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले दोस्रो गोल गरेको हो। अर्जेन्टिनाको लागि लिसान्द्रो मार्टिनेजले गोल गरेका हुन्।  खेलको १०२ औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । केप भर्डेको लागि सिड्नी लोपेस केब्रलले गोल गरेका हुन्। 

खेलको १११औं मिनेटमा केप भर्डेले आत्मघाती गोल बेहोर्यो। डिने बोर्जेसबाट आत्मघाती गोल हुँदा केप भर्डे अन्तिम समयमा आएर पराजित भयो। 

यो खेल साविक विजेता अर्जेन्टिनाका लागि सहज भने भएन। पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्यो। निकै संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश गरेको हो।

अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टसँग खेल्नेछ। यो खेलमा अर्जेन्टिनासँग पराजित हुँदा पहिलो पटक विश्वकप खेलेको केप भर्डेको विश्वकप यात्रा सकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.