अल्जेरिया विरुद्ध जित दर्ता गर्दै स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा
काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।
खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे। अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन।
पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवाती मिनेटमा नै स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो। खेलको ४६ औं मिनेटमा स्विट्जरल्यान्डको लागि डान एन्डोएले गोल गरे।
दोस्रो हाफमा अल्जेरियाले केही प्रयासहरू गर्यो। तर सफल भने हुन सकेन। यो हारसँगै अल्जेरिया विश्वकपबाट बाहिरिएको छ। स्विट्जरल्यान्डले भने कोलम्बिया र घानाको खेलको विजेतासँग राउन्ड अफ १६ मा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !